इन्फो नेपाल — सञ्चारको सञ्जाल

पाँच वर्षपछि गोरखामा पनि पिचैपिच बनाउछु : प्रचण्ड

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आर्थिक समृद्धि अभियान थाल्न आफू गोरखा आएको बताएका छन् । उनले चितवन जस्तै ५ वर्षपछि गोरखामा पनि पिचैपिच बनाउँने समेत दाबी गरे । गोरखाको निर्वाचन क्षेत्र नं. २ स्थित पालुङटार, पौवाटारमा आयोजित कार्यकर्तासँगको भेटघाटका क्रममा आइतवार बोल्दै उनले यस्तो बताएका हुन् । उनले भने, ‘हामी पाँच वर्षअघि चितवनमा धुलैधुलोको बाटो हिँडेका थियौँ। आज गोरखामा आउँदा पनि धुलै धुलो रहेछ पाँच वर्षअघि चितवनमा पनि धुलो थियो, अहिले पिचैपिच छ। गोरखाको यो धुलो पनि हटाएर पिचैपिच बनाउने छौँ । विकास र समृद्धिको नयाँ यात्रा थाल्न पाउँदा गर्व लागेको छ ।’ उनले भने, ‘अहिले संविधान पनि बनेको छ । स्थिरता र विकासतिर जाने पनि भनियो। तर संविधानमा हस्ताक्षर गरेका केही नेताहरुले च्यात्न खोजे, महिला र जनताको मौलिक अधिकार उल्ट्याउन खोजेु, , हामी स्थानीय तह निर्वाचनबाट प्रतिगमनितर लैजान खोज्नेलाई परास्त गर्यौँ। अहिले फेरि संविधान च्यात्न खोज्नेहरुको गठबन्धन बनेको छ । हिजोका दलाल सामान्त र दलालहरु छन् त्यहाँ ।देश टुक्राउन खोज्ने पनि त्यहाँ छन् । उनीहरुलाई फेरि परास्त गर्नुछ।’ उनले देशको आर्थिक समृद्धि अभियान थाल्न डा. बाबुराम भट्टराईसहितले गोरखा आउनुपर्छ भनेकाले आफू आएको बताए ।

सम्बन्धित समाचार

दानबहादुर कार्कीको रिटमा कारण देखाऊ आदेश

काठमाडाैँ । सर्वोच्च अदालतले निवर्तमान प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीलाई पदबाट हटाउने सरकारको निर्णयविरुद्ध दायर रिटमा कारण देखाऊ आदेश जारी गरेको छ। न्यायाधीश श्रीकान…

इन्फो डेस्क

पूर्वशिक्षामन्त्री सुमना श्रेष्ठले काठमाडौँ महानगरको मेयरमा उम्मेदवारी दिने

काठमाडाैँ । पूर्वशिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले आगामी स्थानीय तह निर्वाचनमा काठमाडौँ महानगरपालिकाको मेयर पदमा उम्मेदवारी दिने घोषणा गरेकी छिन्। ​बुधबार सामाजिक…

इन्फो डेस्क

Latest in English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

जनताको समर्थनबाट एमाले पुनः सरकारमा फर्किन्छ : अध्यक्ष ओली

काठमाडाैँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टी पुनः सरकारमा फर्किने दाबी गरेका छन्। बुधबार काठमाडौंमा सुरु भएको पार्टीको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै उनले जन…

इन्फो डेस्क