इन्फो नेपाल — सञ्चारको सञ्जाल

पाँच सचिव : जस्ले मृ-त्यु भइसकेका व्यक्तिको १६ लाख ४० हजार भत्ता गोजीमा हाले

काठमाडौं । उदयपुर जिल्लाको साविक रामपुर ठोक्सिला गाविसका तत्कालीन पाँच गाविस सचिवविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दर्ता भएको छ । एक दशकदेखि मृत्यु भइसकेका व्यक्तिको नामबाट मासिक भत्ता लिँदै आएको प्रमाण फेला परेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीहरुविरुद्ध अदालतमा मुद्धा दर्ता गरेको हो । बुधबार अख्तियारले विशेष अदालतमा तत्कालीन गाविस सचिव केशवप्रसाद आचार्य, लोकेन्द्र कार्की, विशाल सुन्दास, माधवप्रसाद खतिवडा र पुष्पराज सिग्देलविरुद्ध मुद्दा चलाएको हो । आर्थिक वर्ष २०६३ देखि ७२ सम्म गरि झण्डै एक दशकअघिदेखि सामाजिक सुरक्षा भक्ताबापत १६ लाख ४० हजार ५०० रूपैयाँ दुरूपयोग गरिएको अख्तियारको अनुसन्धानमा खुलेको छ । सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने व्यक्तिको मृत्यु भएपछि मृ-त्यु दर्ता गरिन्छ । त्यसपछि भत्ता कट्टा गरिन्छ । तर, तत्कालीन सचिवहरुले त्यसो नगरी मृतकको नाममा भरपाई बनाएर भत्ता लिइरहेको अख्तियारले अनुसन्धानमा फेला पारेको थियो ।

सम्बन्धित समाचार

काठमाडौं–तराई द्रुतमार्गको प्रगति ५१ प्रतिशत पुग्यो, सबैभन्दा लामो महादेवटार सुरुङ छिचोलियो

काठमाडौं । राष्ट्रिय गौरवको काठमाडौं–तराई/मधेश द्रुतमार्ग आयोजनाको भौतिक प्रगति करिब ५१ प्रतिशत पुगेको छ। नेपाली सेनाको व्यवस्थापनमा निर्माणाधीन द्रुतमार्गअन्तर्गत सबैभन्दा लामो मह…

इन्फो नेपाल संवाददाता

गाडीमा सिट नपाउँदा बाँचे अवधेश, छठ मनाउन पठाएका श्रीमती, छोरी र भाइहरू फर्किएनन्

हेटौँडा । छठ पर्व मनाउन सर्लाहीस्थित घर जाने सबै तयारी पूरा भइसकेको थियो। कपडा र पूजाका लागि आवश्यक सामग्री मिलाएर राखिएका थिए। बुधबार राति करिब १ बजे उठेर अवधेश यादवले श्रीमती पुन…

बसन्त भण्डारी

घुम्ने ठाउँ प्रशस्त, पर्यटनबाट आम्दानी बढाउने अवसर गुमाउँदै मकवानपुर

प्रकृति, संस्कृति र इतिहासले भरिपूर्ण मकवानपुरका सम्पदालाई पर्यटन व्यवसायसँग जोड्ने अवसर अझै बाँकी छ। हेटौँडा पर्यटन वर्ष २०८३ ले पर्यटकको बसाइ लम्ब्याउने र स्थानीय अर्थतन्त्र चलाय…

घुमन्ते