इन्फो नेपाल — सञ्चारको सञ्जाल

पाख्रीबासको सन्सारी सिमसारमा राखिएको शिव भगवानको प्रतिमा

सुनसरी / धनकुटाको पाख्रीबास नगरपालिका - ४ स्थित सन्सारी सिमसारमा शिव भगवानको प्रतिमा राखिएको छ । संसारी माइस्थान सिमसार क्षेत्र अहिले पर्यटकको रोजाइमा पर्ने गरेको छ । हरियाली चिया बगान, बगानको बीचमा स्वच्छ र सफा पोखरी चिटिक्क परेका रंगीन घरहरु साथै विभिन्न मूर्तिहरु रहेका पर्यटक आर्कषसत हुने गरेका छन् । एकै ठाउँमा चिया बगान, ताल, बोटिङ्ग, मिनि चिडिया घरसहित धार्मिक आस्थाका मूर्तिको समेत दर्शन गर्न पाइने भएकाले विभिन्न विद्यालयले विद्यार्थी भ्रमण ल्याउने गरेको छ । कृषि अनुसन्धान केन्द्रको अवलोकन गर्न वर्षौ पर्यटक पाख्रिबास पुग्ने गरेका छन् । अहिले भने यो सिमसार क्षेत्रले समेत पाख्रिबासमा थप पर्यटक तान्न मद्दत गरेको स्थानीयले बताउछन् । पोखरीको बिचमा रहेको शिव भगवानको प्रतिमाले पर्यटकको मन लौब्याउने गरेको छ । शिव हिन्दू धर्मका प्रमुख देवताहरू मध्ये एक हुन्। साउन महिनामा शिव भगवानलाई प्रिय मानि पुजाआजा गरिन्छ। पौराणिक मान्यताअनुसार साउनलाई देवाधिदेव महादेव भगवान शिवको महिना मानिन्छ । शिवका अनेकौं नाम छन्, जसमध्ये महादेव, शंकर, भोलेनाथ, रुद्र आदि प्रसिद्ध छन् । जानेर वा नजानेर अनि जुनसुकै नामले पुकारे पनि महादेव प्रसन्न हुन्छन् भन्ने शिवभक्तहरूको विश्वास पाइन्छ । विशेष गरी साउन महिना शिवको प्रिय महिना भएको र यो बेला प्रकृतिले नै शिवको जलाभिषेक गर्ने भएकाले शिव आराधनाका दृष्टिले विशेष छ भन्ने मान्यता रहेको छ ।

सम्बन्धित समाचार

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

मुकुल ढकाल र निशा डाँगी विवाह बन्धनमा बाँधिँदै

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा. मुकुल ढकाल र सहमहामन्त्री एवं प्रतिनिधिसभा सदस्य निशा डाँगी आगामी मंसिर १० गते विवाह बन्धनमा बाँधिने भएका छन्…

इन्फो डेस्क