इन्फो नेपाल — सञ्चारको सञ्जाल

पाचौं हेटौंडा जर्नालिजम अवार्ड सम्पन्न: १० वटा विधामा उत्कृष्ट पत्रकारहरु पुरस्कृत

हेटौँडा - शनिबार हेटौँडामा पाचौं हेटौंडा जर्नालिजम अवार्ड कार्यक्रम सम्पन्न भएको छ ।  १० वटा विधामा उत्कृष्ट पत्रकारहरुलाई पुरस्कृत र सम्मानित गर्दै पाचौं हेटौंडा जर्नालिजम अवार्ड सम्पन्न भएको हो । विभिन्न १० विधामा १० जना पत्रकारलाई पुरस्कृत गरिएको छ। उदीयमान पत्रकार अवार्ड , टेलिभिजन पत्रकार अवार्ड , अनलाइन पत्रकार अवार्ड, चलचित्र पत्रकार अवार्ड , ग्रामीण पत्रकार अवार्ड, खेलकुद पत्रकार अवार्ड, खोजी पत्रकार अवार्ड क्रमशः रविन्द्र वाईवा, मनिल महत्तो, अनिल पराजुली, राजेश थापा, सुनिता विष्ट, बिक्रम बानियाँ र नाबिन तिमल्सिनाले पाएका छन्। यस्तै, उत्कृष्ट महिला पत्रकार २०८० को अवार्ड सरिता दाहाल र उत्कृष्ट पुरुष पत्रकार २०८० को अवार्ड गणेश दुलालले पाएका छन्। सर्वोत्कृष्ट राष्ट्रिय पत्रकार अवार्ड भने होम कार्कीलाई प्रदान गरिएको छ। साथै कार्यक्रममा अग्रज पत्रकारहरू कृष्णराम परियार, सुवर्णलाल श्रेष्ठ र हरि हुमागाईंलाई पनि सम्मान गरिएको छ। संचार उद्यमीहरू माधव न्यौपाने, धुर्वराज ढकाल र उज्ज्वल चौलागाईलाई पनि सम्मानित गरिएको छ। कार्याक्रम  न्यू मिडिया एकेडेमी र पावर इन्टरनेसनल मिडियाको संयुक्त आयोजनामा भएको कार्यक्रममा हेटौँडा उपमहानगरपालिका प्रमुख मिनाकुमारी लामाको प्रमुख आतिथ्यता र उपप्रमुख राजेश बानियाँको विशिष्ट आतिथ्यता रहेको थियो ।  कार्यक्रममा प्रतिविधामा ५ हजार, उत्कृष्ट पत्रकार पुरस्कारमा १० हजार र सर्वोत्कृष्ट पत्रकार पुरस्कारमा १५ हजार नगद पुरस्कारसहित प्रमाणपत्र प्रदान गरिएको थियो। यो अवार्ड २०७५ देखि सुरु गरिएको हो।

सम्बन्धित समाचार

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

मुकुल ढकाल र निशा डाँगी विवाह बन्धनमा बाँधिँदै

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा. मुकुल ढकाल र सहमहामन्त्री एवं प्रतिनिधिसभा सदस्य निशा डाँगी आगामी मंसिर १० गते विवाह बन्धनमा बाँधिने भएका छन्…

इन्फो डेस्क