इन्फो नेपाल — सञ्चारको सञ्जाल

पाथिभरा केबलकार विवाद: आन्दोलन स्थगित, यातायात पुनः सञ्चालन

कोशी | ताप्लेजुङस्थित पाथिभरा केबलकार निर्माणको विरोधमा जारी आन्दोलन फिर्ता लिइएको छ। केबलकार निर्माण कार्य स्थगन गर्नुपर्ने मागसहित आन्दोलनरत पक्षले यातायात बन्दलगायतका विभिन्न विरोधका कार्यक्रम सञ्चालन गर्दै आएको थियो। तर, मंगलबार गृह मन्त्रालयबाट गठित वार्ता टोली र ‘नो केबलकार समूह’ का प्रतिनिधिहरूबीच भएको छलफलपछि आन्दोलनका कार्यक्रम स्थगित गर्ने सहमति जुटेको हो।

वार्तापछि केबलकार स्टेसनमाथिको निर्माण कार्य तत्काल स्थगित गर्ने र स्टेसनको सन्दर्भमा माघ २७ गते हुने वार्तामा विस्तृत छलफल गर्ने सहमति भएको छ। त्यसैगरी, सरकारले घोषणा गरेअनुसार आन्दोलनका क्रममा घाइते भएकाहरूको निःशुल्क तथा प्रभावकारी उपचार गरिने निर्णय भएको छ।

माघ १२ गते भएको घटनाका सम्बन्धमा छानबिन गरी कानुनी प्रक्रिया अघि बढाइने सहमति भएको छ भने आन्दोलनका क्रममा पक्राउ परेका व्यक्तिहरूलाई बिना शर्त रिहा गर्ने प्रक्रिया अघि बढाइने भएको छ। मुक्कुमलुङ संरक्षक पक्षले अनिश्चितकालीन यातायात बन्द फिर्ता लिने सहमति पनि गरेको छ।

यसैबीच, वार्तामा सहभागी भएका मुक्कुमलुङ संरक्षक पक्षधरहरूले केबलकार आयोजना निर्माणमा असहमति जनाउँदै उठाएका विषयहरूबारे विस्तृत छलफल गर्न माघ २७ गते बिहान ११ बजे अर्को वार्ता बस्ने निर्णय गरिएको छ। पछिल्लो सहमतिपछि यातायात पुनः सञ्चालनमा आएको छ भने निर्माणसम्बन्धी विवाद समाधानका लागि छलफलको वातावरण तयार भएको छ।

सम्बन्धित समाचार

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

मुकुल ढकाल र निशा डाँगी विवाह बन्धनमा बाँधिँदै

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा. मुकुल ढकाल र सहमहामन्त्री एवं प्रतिनिधिसभा सदस्य निशा डाँगी आगामी मंसिर १० गते विवाह बन्धनमा बाँधिने भएका छन्…

इन्फो डेस्क