इन्फो नेपाल — सञ्चारको सञ्जाल

पाथिभरा माताले सबैको मनोकामना पुरा गरुन: २०७८ फाल्गुन १ गते देखी फल्गुन ७ गतेसम्मको साप्ताहिक राशिफल

ज्योतिष शास्त्रमा जन्म समय अनुसार फलादेश हुन्छ । सोही अनुसार उनीहरुको दैनिकी कस्तो रहन्छ ? भन्ने विषयमा भविष्यवाणी गरिन्छ । तपाईको यो साता कस्तो रहनेछ ?२०७८ फाल्गुन १ गते देखी फल्गुन ७ गतेसम्मको साप्ताहिक राशिफल मेष -चु, चे, चो, ला, लि, लु, ले, लो, अ सोखले खर्च निम्त्याए पनि इच्छाशक्ति बढ्नाले लक्ष्य प्राप्त गर्ने साहस जुट्नेछ। सरल जीवनशैलीले धेरैलाई प्रभावित पार्न सकिनेछ। मिहिनेत गर्दा आँटेको काम सम्पादन हुनेछ। साझेदारीमा अलि सावधान रहनुपर्ला। अरूको बहकाउमा परिनाले सोमवार र मंगलवार केही काम बिग्रने सम्भावना देखिन्छ। तापनि बुधवारदेखि मित्रहरूको सहयोगले हौसला प्रदान गर्नेछ। पहिलेको उपलब्धिले पनि साता अनुकूल बन्नेछ। मिहिनेतले लक्ष्यमा पुर्याउनेछ। बलभन्दा बुद्धिको उपयोगले काम लिने प्रयत्न गर्नुहोला। वृष - इ, उ, ए, ओ, बा, बि, बु, बे, बो सभा-सम्मेलनको निम्तो आउन सक्छ। बोलीको प्रभावले धेरैलाई आकर्षित गर्ने समय छ। काम बन्नाले यो साता उत्साहवर्धक रहनेछ। अग्रजहरूको सहयोगले महत्त्वाकांक्षी काम प्रारम्भ गर्न सकिनेछ। तर, वादविवादमा अघि नसर्नुहोला। बीचमा प्रक्रिया नमिल्नाले काम दोहोर्याउनुपर्ने स्थिति आउन सक्छ। सोखले खर्च बढाए पनि भौतिक साधन जुटाउन सकिनेछ। घरेलु समस्यामा अलि सावधान रहनुहोला। सप्ताहान्तमा बुद्धिको उपयोगले काम बन्नेछ। सुखद समाचारले उत्साह जगाउनेछ। मानसम्मान प्राप्त हुनेछ र प्रशस्तै आम्दानी बढ्नेछ। सम्पादित कामबाट राम्रै लाभ हुनेछ। मिथुन -का, कि, कु, घ, ङ, छ, के, को, ह प्रारम्भमा रमाइलो पारिवारिक जमघट हुनेछ। ज्ञानले व्यक्तित्व निखार्ने अवसर जुट्नेछ। इच्छाशक्ति बढ्नाले महत्त्वाकांक्षी काम सुरु हुनेछ। सोमवार र मंगलवार मित्रहरूको सहयोगले हौसला प्रदान गर्नेछ। आयस्रोत बढ्नुका साथै दिगो फाइदा हुने काममा सम्झौता हुनेछ। बुद्धिको उपयोगले विद्या र धन आर्जन हुनेछ। इच्छाशक्ति बढ्नुका साथै लक्ष्य प्राप्त गर्ने साहस जुट्नेछ। सहयोगीहरूले राम्रो साथ दिनेछन्। बुधवारपछि केही विवादास्पद जिम्मेवारी समेत वहन गर्नुपर्ला। अरूको बहकाउ र भौतिक साधनकाे कमीले अप्ठ्याराे पर्नेछ। गोपनीयतामा ध्यान पुर्याउनुहोला। कर्कट - हि, हु, हे, हो, डा, डि, डु, डे, डो प्रारम्भमा खर्च बढ्ने हुँदा धेरै रकम जोहो गर्नुपर्ला। थैलीको मुख बलियो नहुँदा धनमाल हराउन सक्छ। सोमवारदेखि आफन्तसँगको सम्पर्कले मनमा आनन्द मिल्नेछ। नयाँ काममा हात हाल्ने अवसर जुट्नेछ। भोजभतेरको निम्तो आउन सक्छ। पारिवारिक जमघटमा मन रमाउनेछ। चिताएका काम सम्पादन हुनेछन् र आम्दानी बढ्नेछ। अभिव्यक्ति कला र व्यक्तित्वमा निखारता आउनेछ। मिहिनेतले नाम, दाम र इनाम दिलाउनेछ। सप्ताहान्त पनि उत्साहवर्द्धक नै रहनेछ। स्राेत–साधन जुट्नुका साथै दिगो फाइदा हुने काम प्रारम्भ हुनेछ। कामले धेरैलाई आकर्षित गर्न सकिनेछ। सिंह -मा, मि, मु, मे, मो, टा, टि, टु, टे प्रारम्भमा सञ्चित कर्मको प्रतिफल प्राप्त हुनेछ। आम्दानीले विभिन्न आवश्यकता पूरा हुनेछन्। तर साथसाथै धन बाहिरिनाले चिताएका काम पूरा गर्न कर्जा वा सरसापट लिनुपर्ने हुन सक्छ। खर्च लागे पनि टाढाको यात्रा गर्ने प्रक्रिया अघि बढ्न सक्छ। बुधवारपछि आफन्त र साथीभाइसँग रमाइलो भेटघाट हुनेछ। शुभचिन्तकहरूले साथ दिनेछन्। आफ्नो क्षेत्रमा राम्रै प्रभाव जमाउन सकिनेछ। हिम्मत गर्दा चिताएको काम सजिलै सम्पादन हुनेछ। अध्ययनमा ध्यान केन्द्रित हुनेछ भने मिहिनेतले राम्रै उपलब्धि दिलाउनेछ। व्यापार र उद्योगमा पनि मनग्य फाइदा उठाउन सकिनेछ। कन्या - टो, प, पि, पु, ष, ण, ठ, पे, पो उत्तरार्धमा केही उतारचढाव आए पनि समग्रमा यो साता उत्साहवर्द्धक रहनेछ। तारिफयोग्य काम गर्दै लोकप्रियता हासिल गर्न सकिनेछ। मिहिनेतले सफलताको उचाइमा पुर्याउन सक्छ। प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ। आम्दानी बढ्नाले विभिन्न भौतिक साधन जुटाउन सफल भइनेछ। बुधवारपछि खर्च बढ्ने हुँदा धेरै रकम जोहो गर्नुपर्ला। सञ्चित धन खर्चनुपरे पनि विदेश ताक्नेहरूलाई यात्राको साइत जुर्नेछ। सप्ताहान्तमा आकर्षक उपहारले उत्साह जगाउनेछ। पारिवारिक जमघट र खानपानले आनन्द दिलाउनेछ। आगन्तुकले अलमल्याउने हुँदा काममा बाधा हुनेछ। तुला -र, रि, रु, रे, रो, ता, ति, तु, ते समयको महत्त्व बुझ्नेहरूलाई भाग्यले राम्रो साथ दिनेछ। धर्मकर्म तथा सेवामूलक काममा प्रवृत्त भइनेछ। विभिन्न अवसर आए पनि सोमवार र मंगलवार विवादास्पद काममा अलमलिनुपर्ला। तापनि मिहिनेतले सफलताको उचाइमा पुर्याउनेछ। कीर्तिमानी काम सम्पादन हुनेछ। कामको सन्दर्भमा विशिष्ट व्यक्तिहरूसँग भेटघाट हुनेछ। बुधवारदेखि व्यापार र साझेदारी लाभदायक रहनेछ। श्रमको उचित मूल्यांकन हुनेछ। दिगो फाइदा हुने काममा जग बसाउने मौका छ। सप्ताहान्तमा देश–विदेशको यात्रा हुन सक्छ। तर, आम्दानी अरूका हातमा जानाले उत्साहमा कमी आउनेछ। वृश्चिक - तो, ना, नि, नु, ने, नो, या, यि, यु प्रारम्भमा कमजोर शरीर लिएर कठिन काममा जुट्नुपर्ला। अरूको स्वार्थमा उपयोग भइने हुँदा व्यवहारमा पछि परिनेछ। सोमवारदेखि स्थितिमा सुधार आउनेछ। सानो प्रयत्नले ठूलो काम बन्नेछ। सुखदुःखमा साथ दिनेहरू प्रशस्तै फेला पर्नेछन्। लगनशीलताले सम्मानित स्थान दिलाउन सक्छ। विशिष्ट व्यक्तिहरूसँग मित्रता बढ्नेछ। बुधवारदेखि शुक्रवार बिहानसम्म काममा केही चुनौती आउन सक्छन्। साइनो गाँस्नेहरूसँग अलि सावधान रहनुपर्ला। तापनि मेहनतले जीवनशैलीमा परिवर्तन ल्याउनेछ। सप्ताहान्तमा व्यापार तथा उद्योगतर्फ मनग्गे फाइदा हुनेछ। प्रयत्न गर्दा लक्ष्य पूरा हुनेछ। धनु - ये, यो, भ, भि, भु, ध, फा, ढ, भे प्रियजनसँग भेटघाट हुनाले रमाइलो सुरुआत हुनेछ। यात्रा गर्ने अवसर जुट्न सक्छ। आतिथ्यपूर्ण सम्मान प्राप्त हुनेछ। तर साथसाथै खर्चको मात्रा बढ्नेछ। व्यवसायमा लगानी बढाउनुपर्ने हुन सक्छ। सोमवारदेखि अस्वस्थताको योग देखिएकाले खानपानमा सजग रहनुहोला। अर्थ अभावले आँटेको काम स्थगित हुन सक्छ। कामको बोझ थपिनेछ भने परिस्थितिले संघर्षको यात्रामा अग्रसर गराउनेछ। बुधवारदेखि स्थितिमा सुधार आउनाले भाग्यले साथ दिनेछ। शुभचिन्तकहरू जुट्नाले लक्ष्य प्राप्ति हुनेछ। सप्ताहान्तमा रोकिएको काम बन्नुका साथै नयाँ काम पाइनेछ। मकर - भो, ज, जि, खि, खु, खे, खो, गा, गि प्रारम्भमा प्रतिस्पर्धीहरूले दु:ख दिए पनि कर्मयोगले फाइदा दिलाउनेछ। खर्च लागे पनि मिहिनेत गर्दा विशेष अवसर हात पार्न सकिनेछ। पारिवारिक भेटघाटले मन प्रफुल्लित हुनेछ। नयाँ जिम्मेवारी प्राप्त हुनेछ भने मिहिनेत गर्दा चिताएको काम बन्नेछ। तर परिस्थितिवश केही झमेला पनि बेहोर्नुपर्ला। बुधवार र बिहीवार काम रोकिन सक्छ। स्वास्थ्य–चिन्ताले पनि सताउनेछ। तापनि प्रयत्न गर्दा असहज परिस्थितिलाई अनुकूल बनाउन सकिनेछ। धार्मिक तथा सामाजिक क्रियाकलापमा प्रवृत्त भइनेछ। कुम्भ - गु, गे, गो, सा, सि, सु, से, सो, द स्वास्थ्यचिन्ताले सताए पनि साता फलदायी नै रहनेछ। मिहिनेत गर्दा राम्रै उपलब्धि हातपार्न सकिनेछ। व्यापार र उद्योगमा फाइदा हुनेछ। मिहिनेतले जीवनशैलीमा परिवर्तन ल्याउन सकिनेछ। कामको सफलताले थप ऊर्जा प्रदान गर्नेछ। प्रतिस्पर्धीहरू बढ्नाले काममा केही परिवर्तन ल्याउन आवश्यक देखिन्छ। व्यवसायका लागि यात्रा गर्ने अवसर जुर्न सक्छ। मन मिल्ने साथी भेटिनुका साथै प्रेमको गाँठो समेत कसिनेछ। सप्ताहान्तमा परिस्थितिजन्य व्यवधान हुनाले काममा केही समस्या पर्न सक्छ। मीन - दि, दु, थ, झ, ञ, दे, दो, च, चि अरूको भर पर्दा लक्ष्यमा पुग्न समस्या पर्नेछ। आफन्तको सहयोग जुट्नाले चिताएको काम भने सहज रूपले बन्नेछ। अध्ययनमा विशेष प्रगति हुनेछ। विभिन्न अवसरले पछ्याउनुका साथै नयाँ जिम्मेवारी हातलागी हुनेछ। प्रभावशाली व्यक्तिहरूलाई प्रतिस्पर्धामा उछिन्न सकिनेछ। पहिलेको कमजोरी समाप्त हुनेछ। फाइदाका लागि काम दोहोर्याउनुपर्ने हुन सक्छ। बलभन्दा बुद्धिले लक्ष्यमा पुर्याउन सक्छ। प्रतिस्पर्धीहरूले सम्झौताको ढोका खोल्नेछन्। प्रेम र मित्रताको बन्धन पनि कसिलो हुनेछ।

सम्बन्धित समाचार

मंसिर ४ गते शुक्रबारको भाग्यफल

वृष, कर्कट, तुला र मीन राशिका व्यक्तिका लागि पारिवारिक सुख, आर्थिक योजना र व्यक्तिगत सम्बन्धका दृष्टिले अनुकूल संकेत छन्। मेष, मिथुन, कन्या र धनु राशिका व्यक्तिले कामकाज, अध्ययन तथ…

ज्यो. प. धुर्वराज सुबेदी

मंसिर ३ गते बिहीबारको भाग्यफल

आज २०८३ साल मंसिर ३ गते बिहीबार। आज कात्तिक शुक्ल दशमी तिथि परेको छ। विश्व शौचालय दिवस, अन्तर्राष्ट्रिय पुरुष दिवस तथा विश्व दर्शनशास्त्र दिवस पनि आजै मनाइँदै छ। मंसिर महिनाको सुरु…

ज्यो. प. धुर्वराज सुबेदी

Latest in English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

मंसिर २ गते बुधबारको भाग्यफल

आज २०८३ साल मंसिर २ गते बुधबार। आज कात्तिक शुक्ल नवमीका अवसरमा कुष्माण्ड नवमी तथा अक्षय नवमी मनाइँदै छ। यस दिन अमलाको वृक्ष र भगवान् विष्णुको पूजा गर्ने धार्मिक परम्परा छ। हेटौँडाक…

ज्यो. प. धुर्वराज सुबेदी