इन्फो नेपाल — सञ्चारको सञ्जाल

पाथिभरा माताले सबैको मनोकामना पुरा गरुन, पुस २ गते शुक्रबार, निकै राम्रो छ यि राशिको भाग्य हेर्नुहोस दैनिक राशिफल

२ पुस, १७ डिसेम्बर । शुक्रबार । मार्गशीर्ष शुक्लपक्ष चतुर्दशी, कृतिका नक्षत्र, सिद्ध योग, चन्द्रमा वृष राशिमा । आज सूर्योदय बिहान ६ः४९ मा हुनेछ भने सूर्यास्त १७ः१० मा हुनेछ । आज बिहान १०ः४३ देखि १२ः०१ सम्म राहुकाल रहेको छ ।  ११ः४० देखि १२ः२१ सम्म अभिजित मुर्हूत रहने छ । आजको देवता कार्तिकेय, ग्रहदेव केतु रहेको छ । शुक्रबारको दिन बजारबाट खरिद, पहिरन र आभूषण खरिदका लागि शुभ मानिन्छ । आजको दिन पश्चिम दिशा तर्फको यात्राको लागि शुभ मानिदैन ।

मेष (चु.चे.चो.ला.लि.लु.ले.लो.अ) : आजको दिन रोजगारीको क्षेत्रमा सफलता हात लाग्नेछ । आज नजिकको देवालय र शिवालयको यात्रा गर्दा मनमा खुसियाली छाउनेछ । बिहानै देवालयको दर्शन गरेर काम सुरु गर्नु शुभ हुनेछ । यात्राका लागि आजको दिन शुभ मानिन्छ ।

वृष  (इ.उ.ए.ओ.वा.वि.वु.वे.वो) : व्यापारबाट प्राप्त हुने प्राप्तिले मनमा  खुसियाली छाउनेछ । चन्द्रमाको साथ रहेकाले तपाईँले कुनै नयाँ काम सुरु गर्दा सफलता मिल्नेछ । बिहान सूर्योदयको दर्शन गरेर आजको दिन कार्ययोजना सहित काम गर्नुभयो भने सफलता हात लाग्नेछ ।

मिथुन (क.कि.कु.घ.ङ.छ.के.को.ह) : आजको दिन परिवार र आफन्तजनले तपाईँमाथि आरोप लगाउन सक्नेछन् ।  तपाईँको मनमा पनि निराशा उत्पन्न हुनसक्छ । त्यसैले आज सकारात्मक सोच मात्र राखेर काम गर्नु आवश्यक छ । कसैले लगाएको आरोपको विषयमा विवाद नगर्नु नैं बेस हुनेछ ।

कर्कट (हि.हू.हे.हो.डा.डि.डु.डे.डो) : आजको दिन शुभ रहेको छ ।  त्यसैले आजको दिन तपाईँको आर्थिक र सामाजिक समस्या समाधान हुनेछ । आजको दिन कर्कट राशिका जातकले कसैसँग विवाद र झगडा नगर्नुहोला । कसैसँग विवाद भयो भने तपाईँ र तपाईँसग विवाद गर्ने दुवै व्यक्तिको हानी हुनसक्छ । सामाजिक सेवाको काममा लाग्नु भएको छ भने मान सम्मान मिल्नेछ ।  

सिंह (मा.मि.मु.मे.मो.टा.टि.टु.टे) : तपाईँलाई परिवार र मित्रमण्डलीबाट साथ सहयोग प्राप्त हुनेछ । यात्रा गर्नुभन्दा पहिले राहुकाल छलेर मात्र शुभ साइतको समयमा यात्रा गर्नुहोला । परिवारका सदस्यले तपाईँलाई अनावश्यक आरोप लगाउन सक्नुहुनेछ । आजको दिन सिंह राशिका जातकले कम बोल्नु, मौन रहनु नैं बुद्धिमानी हुनेछ।

कन्या (टो.प.पी.पू.ष.ण.ठ पे.पो) : आज आफन्तसँग सम्बन्ध बिग्रन सक्छ । स्वास्थ्यमा प्रतिकूल असर पर्ने देखिन्छ । अध्ययनअध्यापनबाट सफलता हात  लाग्नेछ । तपाईँको आम्दानीको  धनराशिबाट केही मात्र भए पनि महिला र बृद्ध माताहरुलाई केही उपहार दिनुहोला । तपाईँले सहयोग गर्दा मनमा, शान्ति मिल्नेछ ।

तुला( रा.री.रु.रे.रो.ता.ती.तु.ते) : आजको दिन सुरु गरेको काम सफल हुनेछ । तपाईँको कार्यमूलक यात्रा हुनेछ । कुनै कामको शुरुवात गर्नुभएको छ भने त्यो कामको सम्पादन पूरा गर्नका लागि मेहनतपूर्वक लाग्नुहोला । कुनै काम बीचमा छुटेको छ भने त्यो कामका पुरा नहुँदा मनमा चिन्ता भइरहन्छ । आजको दिन आर्थिक कारोबार गर्दा अलि ध्यान दिनुहोला ।

वृश्चिक (तो.ना.नि.नु.ने.नो.या.यि.यु) : आज कार्यायोजनाअनुसार काम गर्नुभयो भने सफलता मिल्नेछ । शिवालय र देवालय यात्राले सोचे अनुसार काम बन्नेछ । देवालयको नाम स्मरण मात्रले पनि मनमा शान्ति मिल्नेछ । अध्यात्मिक सेवामा केही समय दिनुभयो भने तपाईँको कार्यमा सफलता मिल्नेछ ।

धनु (ये.यो.भा.भी.भु.ध.फा.ढ.भे)धनु राशि भएका जातका लागि समय बलियो भएका छन् । त्यसैले आजको दिन तपाईले सोचे अनुसार काम हुनेछ । सन्तानबाट सुख र मातृशक्तिको  साथ सहयोगले तपाईको नयाँ काम बन्नेछ । यात्रामा सफलता मिल्नेछ । यात्रा गर्दा प्रयोजनमूलक यात्रा मात्र गर्नुहोला । सामुहिक यात्राले तपाईहरुको लागि मनोरञ्जन दिनेछ ।   

मकर (भो.जा.जी.जू.जे.जो.ख.खि.खु.खे.खो.गा.गी)आजको दिन मान सम्मान मिल्ने संभावना छ ।  तपाईलाई आफन्तजनको सहयोगले मनमा खुसी प्राप्त हुनेछ । आजको दिन लक्ष्मी मन्दिरको दर्शन गर्नाले मनमा प्रसन्नता छाउनेछ । अर्थलाभका कामबाट मानमा हर्ष छाउने छ । व्यापार ब्यबसायबाट सफलता प्राप्त हुनेछ । 

कुम्भ (गु.गे.गो.सा.सी.सु.से.सो.द)कुम्भ राशिका जातकले आजको दिन कार्यमुलक सफलता मिल्नेछ ।  शत्रुमाथि विजयप्राप्ति हुनेछ । ब्यापारबाट प्राप्तबाट धनलाई सामाजिक सेवामा खर्च गर्नुहोला । सामाजिक सेवा गर्दा मानसम्मान मिल्नेछ । आज कसैससँग अनावश्यक विवाद नगर्नुहोला ।

मीन(दी.दु.थ.झ.ञ.दे.दो.च.ची)विहान सूर्योदयको दर्शन गरेर मात्र दिनको शुरुवात गर्नुहोला । सकारात्मक सोच र अध्ययन अध्यापनमा मन लाग्नेछ । आज सामाजिक कामको लागि खर्च हुनेछ । अध्यात्म र समाजसेवामा गरेको खर्चले मनमा शान्ति मिल्नेछ । आफूभन्दा उच्च ब्यक्तिको मान सम्मान गर्नुहोला । सत्कार्यका समय दिनुभयो भने त्यसको अप्रत्यासित फल प्राप्त हुनेछ ।

सम्बन्धित समाचार

मंसिर ४ गते शुक्रबारको भाग्यफल

वृष, कर्कट, तुला र मीन राशिका व्यक्तिका लागि पारिवारिक सुख, आर्थिक योजना र व्यक्तिगत सम्बन्धका दृष्टिले अनुकूल संकेत छन्। मेष, मिथुन, कन्या र धनु राशिका व्यक्तिले कामकाज, अध्ययन तथ…

ज्यो. प. धुर्वराज सुबेदी

मंसिर ३ गते बिहीबारको भाग्यफल

आज २०८३ साल मंसिर ३ गते बिहीबार। आज कात्तिक शुक्ल दशमी तिथि परेको छ। विश्व शौचालय दिवस, अन्तर्राष्ट्रिय पुरुष दिवस तथा विश्व दर्शनशास्त्र दिवस पनि आजै मनाइँदै छ। मंसिर महिनाको सुरु…

ज्यो. प. धुर्वराज सुबेदी

Latest in English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

मंसिर २ गते बुधबारको भाग्यफल

आज २०८३ साल मंसिर २ गते बुधबार। आज कात्तिक शुक्ल नवमीका अवसरमा कुष्माण्ड नवमी तथा अक्षय नवमी मनाइँदै छ। यस दिन अमलाको वृक्ष र भगवान् विष्णुको पूजा गर्ने धार्मिक परम्परा छ। हेटौँडाक…

ज्यो. प. धुर्वराज सुबेदी