इन्फो नेपाल — सञ्चारको सञ्जाल

पाथिभरा माताले सबैको रक्षा गरुन, पुस ५ गते सोमबार, निकै राम्रो छ यि राशिको भाग्य हेर्नुहोस दैनिक राशिफल

आजको पात्रो : ५ पुस, २०  डिसेम्बर । पौषकृष्णपक्ष प्रतिपदा तिथि, आद्रा नक्षत्र, शुभ योग, चन्द्रमा मिथुन राशिमा छ ।आज सूर्योदय बिहान ६ः५२ मिनेटमा हुनेछ भने सूर्यास्त साँझ ५ बजेर ११ मिनेटमा हुनेछ ।

आज कौशिक नदीको संगममा मेला लाग्ने गर्छ । सोमबारलाई शिववार भनिन्छ । त्यसैले शिवालयमा दर्शन, पूजन र आरती हेर्नेको भीड लाग्छ । सोमबार देवादिदेव महादेवको प्रिय बार हो ।आज बिहान ०८ः०८ देखि ९ः२६ सम्मको समय राहुकाल छ । ११ः४४ देखि १२ः०२ सम्म अभिजित मूर्हत हो । आजको देवता पार्वती र ग्रहदेव चन्द्र छ । त्यसैले आजको दिन पार्वतीको नाम स्मरणले मात्र मनमा शान्ति र सद्भाव प्राप्त हुनेछ । सोमबारका दिन गरिएको यात्रा सफल हुन्छ भन्ने मान्यता रहेको छ । 

मेष (चु.चे.चो.ला.लि.लु.ले.लो.अ) :  आजको दिन अर्थलाभ हुनेछ । व्यापारबाट सोचेभन्दा बढी लाभ मिल्नेछ । परिवार र दाम्पत्यजीवनमा साथ सहयोग र यात्रा गर्दा कष्ट हुनेछ । स्वास्थ्यमा केही समस्या हुनसक्ने भएकाले  ध्यान दिनु होला । सकारात्मक सोच, चिन्तन र परोपरकारी सोचले तपाईँलाई फाइदा हुनेछ । 

वृष  (इ.उ.ए.ओ.वा.वि.वु.वे.वो) :  विगतमा गरेको कामबाट फल प्राप्ति हुनेछ । तर, मनमा निरासा  छाउने छ । पारिवारिक समस्याका कारण आय भन्दा ब्यय बढी हुने भएकाले सोच पूर्वक खर्च गर्ने गर्नुहोला । आजको दिन मौन रहनु तपाईँका लागि शुभ मानिन्छ । सकारात्मक सोचकाअनुसार सबैको भलो चिताएर काम गर्नु वेश हुनेछ ।  

मिथुन (क.कि.कु.घ.ङ.छ.के.को.ह) : आजको समय र दिन अनुकुल रहेको छ । मनमा हर्ष र नयाँ काम गर्दा पनि फाइदा हुनेछ । तपाईँलाई मानसम्मान मिल्नेछ । सामाजिक सेवाको भाव बढ्ने छ । चन्द्रमाको साथ रहेको छ । त्यसैले जे सोचेर काम गर्नुहुन्छ फल प्राप्त हुनेछ । सबैको भलो सोचेर काम गर्नुभयो भने तपाईको पनि भलो हुनेछ । सर्वजनहितायको भावनाले तपाईको उन्नती हुनेछ ।  

 कर्कट (हि.हू.हे.हो.डा.डि.डु.डे.डो) :  आजको दिन मनमा अशान्त र निराशा उत्पन्न हुनसक्छ । पारिवारिक तनावका कारण मनमा चिन्ता छाउन सक्छ ।  कसैसँग विवाद र झगडा नगर्नुहोला । आजको दिन कसैसँग विवाद भयो भने तपाईँको लागि हानी हुनेछ । आजको दिन बिहान शिवालय र नवग्रह दर्शन गर्दा तपाईँका संकट समस्या समाधान हुनसक्छ ।

सिंह (मा.मि.मु.मे.मो.टा.टि.टु.टे) :  आजको दिन यात्रा गर्दा उपलब्धी हुनसक्छ । मित्रमण्डली र परिवारको साथ पाउने योग रहेको छ । परिवारका सदस्यसँग विवाद हुनसक्छ त्यसैले आजको दिन कम बोल्नु र मौन रहनु नै बुद्धिमानी हुनेछ । 

कन्या (टो.प.पी.पू.ष.ण.ठ पे.पो)  :  आजको दिन शुभ छ ।  तपाईँले गर्दै आउनुभएको क्षेत्रमा मानसम्मान मिल्नसक्छ । आजको दिन नयाँ काम गर्दा भने सोच विचार गरेर काम गर्नुहोला । आज कसैसँग विवाद नगर्नु नै बेस हुनेछ । शिवालयको यात्रा गरेर  केही खानेकुरा वितरण गर्नु भयो भने उत्तम हुनेछ ।    तुला( रा.री.रु.रे.रो.ता.ती.तु.ते) :  तपाईँले आजको दिन सुरु गरेका कामले सफलता प्राप्त गर्नेछ । ब्यापारमा लगानीअनुसारको प्रतिफल प्राप्त हुनेछ । यात्राका लागि प्रस्ताव आउनसक्छ । अध्यात्मयात्राले तपाईँलाई मनमा उर्जा थप गर्नेछ । आजको दिन सत्पात्रलाई दान र भोका व्यक्तिलाई भोजन दिनुभयो भने मनमा खुसियाली छाउने छ । स्त्रिबाट प्राप्त हुने सहयोगले मनमा प्रसन्नाता छाउने छ ।     वृश्चिक (तो.ना.नि.नु.ने.नो.या.यि.यु) :  आज नियमित काम बाहेक अन्य कामको लागि समय खर्च नगर्नुहोला । तपाईँले गरेको कामको प्रसंसा हुनेछ । मानसम्मान मिल्नसक्नेछ । सरकारी कार्यालयका अधिकारीहरुलाई उच्च अधिकारबाट धन्यवाद प्राप्त हुनसक्छ । सकारात्मक सोचका कारण मनमा खुसियाली छाउनेछ ।     धनु (ये.यो.भा.भी.भु.ध.फा.ढ.भे) :  तपाईँले गरिरहनु भएको कामबाट धनलाभ हुनेछ । त्यसैले आजको दिन सोचअनुसारको काम हुनेछ । सन्तानबाट सुख र स्त्रिको साथ सहयोगले राम्रो काम गर्नुहुनेछ। देवालय र शिवालयको यात्रा आज फलदायी हुनेछ ।     मकर (भो.जा.जी.जू.जे.जो.ख.खि.खु.खे.खो.गा.गी) :  अर्थलाभ हुने सम्भावना  छ । कसैलाई अर्थ सापटी दिनुभएको  छ भने आजको दिन पनि प्राप्त हुनसक्छ । तर, मनमा अशान्त हुनेछ । स्वास्थ्यमा निकै ध्यान दिनुहोला । कसैसँग विवाद हुने कुरा नगर्नुहोला । परिवारका सदस्यसँग लेनदेनमा विवाद हुनसक्छ त्यसैले होस गर्नुहोला ।   

कुम्भ (गु.गे.गो.सा.सी.सु.से.सो.द) : यात्राले मनमा प्रसन्नता छाउने छ । आजको दिन सोचअनुसारको काम  र शत्रुमाथि विजय प्राप्ति हुनेछ । ब्यापारबाट प्राप्तबाट धनलाई सामाजिक सेवामा खर्चनु भएको छ भने सम्मान मिल्नेछ । दाम्पत्य जीवनमा खुसियाली छाउने छ । स्वास्थ्यमा सामान्य समस्या हुनसक्छ ।    मीन (दी.दु.थ.झ.ञ.दे.दो.च.ची) :  शिवालयको यात्रा र अध्ययनअध्यापनमा निरन्तरको प्रयासले सफलता प्राप्त हुनेछ । सोमबार सुरु गरेका काम साताभित्र सकिने छ । त्यसैले आजको दिन कुनै शुभ कामको शुरुवातले आजको दिन कुनै पनि शुभकर्म गर्नु उत्तम रहनेछ । साताका दिनमा नयाँ सफलता मिल्नेछ । 

सम्बन्धित समाचार

मंसिर ४ गते शुक्रबारको भाग्यफल

वृष, कर्कट, तुला र मीन राशिका व्यक्तिका लागि पारिवारिक सुख, आर्थिक योजना र व्यक्तिगत सम्बन्धका दृष्टिले अनुकूल संकेत छन्। मेष, मिथुन, कन्या र धनु राशिका व्यक्तिले कामकाज, अध्ययन तथ…

ज्यो. प. धुर्वराज सुबेदी

मंसिर ३ गते बिहीबारको भाग्यफल

आज २०८३ साल मंसिर ३ गते बिहीबार। आज कात्तिक शुक्ल दशमी तिथि परेको छ। विश्व शौचालय दिवस, अन्तर्राष्ट्रिय पुरुष दिवस तथा विश्व दर्शनशास्त्र दिवस पनि आजै मनाइँदै छ। मंसिर महिनाको सुरु…

ज्यो. प. धुर्वराज सुबेदी

Latest in English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

मंसिर २ गते बुधबारको भाग्यफल

आज २०८३ साल मंसिर २ गते बुधबार। आज कात्तिक शुक्ल नवमीका अवसरमा कुष्माण्ड नवमी तथा अक्षय नवमी मनाइँदै छ। यस दिन अमलाको वृक्ष र भगवान् विष्णुको पूजा गर्ने धार्मिक परम्परा छ। हेटौँडाक…

ज्यो. प. धुर्वराज सुबेदी