इन्फो नेपाल — सञ्चारको सञ्जाल

पाथिभरा माताले सबैको मनोकामना पुरा गरुन, आज पुस ९ गते शुक्रबार, निकै राम्रो छ यि ५ राशिको भाग्य, हेर्नुहोस राशिफल

९ पुस, २०७८ । २४ डिसेम्बर, शुक्रबार । पौषकृष्णपक्ष पञ्चमी, मघा नक्षत्र, विष्कुम्भ योग, चन्द्रमा सिंह राशिमा छ । आजको देवता यमराज, ग्रहदेव शनि रहेको छ । आज सूर्योदय बिहान ६ः५३ मा भएकाे छ भने सूर्यास्त ५ बजेर १३ मिनेटमा हुनेछ ।शुक्रबारका दिन आर्थिक लगानी हुने काम नगर्दा राम्रो हुनेछ । वैदेशिक रोजगारीको काममा पनि शुक्रबार राम्रो मानिन्छ । आज १०ः४६ देखि १२ः०४ सम्म राहुकाल रहेको छ । ११ः४३ देखि १२ः२४ को समयमा अभिजित मुहूर्तले पनि छोएको छ । शुक्रबारको दिन मनोरन्जनात्मक कामका समय दिनुभयो भने राम्रो मानिन्छ ।

मेष (चु.चे.चो.ला.लि.लु.ले.लो.अ) :  रोजगारीको क्षेत्रमा नयाँ सफलता प्राप्त हुन सक्नेछ । आजको दिन नजिकको शिवालयको यात्रा गर्दा मनमा खुसियाली छाउने छ । बिहानै देवालयको दर्शन गरेर काम सुरु गर्दा दिनभर गरिने कार्यमा सफलता प्राप्त हुनेछ । कसैको अहित हुने कुरा मनमा नराख्नु होला ।   

वृष  (इ.उ.ए.ओ.वा.वि.वु.वे.वो) : व्यापारव्यवसायमा हुनुहुन्छ भने अर्थलाभले वृष राशि भएका जातकका लागि खुसियाली हुनसक्छ । आजको दिन व्यापारको कामबाट फाइदा नहुँदा पनि त्यति निराश पनि नहुनु होला । सकारात्मक सोचले मात्र तपाईले आफ्नो दैनिककाम गर्दा मनमा खुसी छाउनसक्छ । परिवारका सदस्यले अनावश्यक आरोप लगाउन सक्छन् ।

मिथुन (क.कि.कु.घ.ङ.छ.के.को.ह) : कसैप्रति पनि आग्रह पूर्वाग्रहको भावना नराख्नु होला । आज सकारात्मक सोच मात्र राखेर काम गर्नुभयो भने मनमा खुसीयाली छाउने छ । आजको दिन परिवार र आफन्तजनले तपाईंमाथि अनेक आरोप लगाउन सक्नेछन् । कसैले लगाएको आरोपको विषयमा विवाद नगर्नु नै बेस हुनेछ । नियमित कामबाहेक अन्य काममा त्यति ध्यान नदिनु होला ।  

कर्कट (हि.हू.हे.हो.डा.डि.डु.डे.डो) :  आजको दिन तपाईंको शुभ छ ।  त्यसैले आजको दिन आर्थिक र सामाजिक समस्या समाधान हुनेछ । आजको दिन कर्कट राशिका जातकले कसैसँग विवाद र झगडा हुने काम नगर्नुहोला । सामाजिक सेवाको काममा लाग्नु होला। मानसम्मान मिल्नेछ ।   

सिंह (मा.मि.मु.मे.मो.टा.टि.टु.टे) : आज तपाईंलाई परिवार र सहकर्मीबाट साथ सहयोग प्राप्त हुनेछ । चन्द्रमाको साथ रहेकाले तपाईंले जे सोचेर काम गर्नुभएको छ त्यो सफलता मिल्नेछ । कसैसँग वादविवाद हुने काम नगर्नुहोला । विहान सूर्योदयको दर्शन गरेर काम शुरुवात गर्नुभयो भने तपाईंलाई सफलता मिल्नेछ । आजको दिन मौन र देवालय, शिवालय यात्राले निकै खुसी तुल्याउने छ ।

कन्या (टो.प.पी.पू.ष.ण.ठ पे.पो)  : आजको दिन  मित्र र आफन्तसँग सम्बन्ध विग्रन सक्छ । स्वास्थ्यमा प्रतिकुल असर पर्ने देखिन्छ । अध्ययन अध्यापनबाट सफलता हात  लाग्नेछ । आजको दिन केही खानेकुरा बालक र बृद्धलाई दिनुभयो भने तपाईमाथि लाग्ने अनावश्यक आरोप रोकिन सक्छ ।

तुला ( रा.री.रु.रे.रो.ता.ती.तु.ते) :  आजको दिन सुरु गरेको काम सफल हुनेछ । बिहान सूर्योदयको दर्शन गर्नुहोला।  कुनै कामको शुरुवात गर्नुभएको छ भने त्यो कामको सम्पादन पूरा गर्नका लागि मेहनतपूर्वक लाग्नुहोला । कुनै काम बीचमा छोडेको छ भने त्यो कामका पूरा नहुँदा मनमा चिन्ता भइरहन्छ । आर्थिक कारोबार गर्दा अलि ध्यान दिनुहोला ।

वृश्चिक (तो.ना.नि.नु.ने.नो.या.यि.यु) :  वृश्चिक राशिका जातकका लागि आज कार्यायोजनाअनुसार काम गर्नुभयो भने सफलता मिल्नेछ । शिवालयमा गएर जलअर्पण गर्नुभयो सोचे अनुसार काम बन्नेछ । देवालयको नाम स्मरण मात्रले पनि मनमा शान्ति मिल्नेछ । अध्यात्मिक सेवामा केही समय दिनुभयो भने तपाईंको कार्यमा सफलता मिल्नेछ।

धनु (ये.यो.भा.भी.भु.ध.फा.ढ.भे) : आजको दिन तपाईले सोचअनुसारको काम हुनेछ । सन्तानबाट सुख र स्त्रीजातिको साथ सहयोगले तपाईंले राम्रो काम गर्नुहुनेछ । यात्रामा सफलता मिल्नेछ । यात्रा गर्दा प्रयोजनमूलक यात्रा मात्र गर्नुहोला । सामुहिक यात्राले तपाईंको लागि मनोरञ्जन दिनेछ । सेवा गरिरहेको क्षेत्रबाट अर्थलाभ हुनेछ ।     

मकर (भो.जा.जी.जू.जे.जो.ख.खि.खु.खे.खो.गा.गी) :  आजको दिन मान सम्मान मिल्ने संभावना छ ।  आफन्तजनको सहयोगले मनमा खुसी प्राप्त हुनेछ । अर्थलाभका कामबाट मानमा हर्ष छाउने छ । व्यापारबाट सफलता प्राप्त हुनेछ । छोटो दुरीको यात्रा गर्दा फलदायी हुनेछ । दुःखी ब्यक्तिलाई खान दिने र बालबालिकाहरुलाई अध्ययन सामग्री दिनुभयो भने तपाईमा हर्ष छाउनेछ ।  

कुम्भ (गु.गे.गो.सा.सी.सु.से.सो.द) :  आजको दिन सोचअनुसारको काम  हुनेछ । शत्रुमाथि विजय प्राप्ति हुनेछ । ब्यापारबाट प्राप्तबाट धनलाई सामाजिक सेवामा खर्च गर्नुहोला । सामाजिक सेवा गर्दा मानसम्मान मिल्नेछ। आजको दिन देवालयको दर्शन गर्नुभयो भने तपाईको मनमा थप शक्ति मिल्नेछ । आज कसैसँग पनि अनावश्यक विवाद नगर्नुहोला । आजको दिन व्रत बस्नु भयो भने निकै फलदायी हुनेछ ।   

मीन (दी.दु.थ.झ.ञ.दे.दो.च.ची) : बिहान सूर्योदयको दर्शन गरेर मात्र दिनको शुरुवात गर्नुहोला । सकारात्मक सोच र अध्ययन अध्यापनमा मन लाग्नेछ । साँझपख शिवालयमा जाँदा मीन राशिका जातकका लागि अध्यापन, लेखनमा रुचि बढ्नेछ। सामाजिक सेवाका काममा समय दिनु भए राम्रो हुनेछ । आजको दिन सामाजिक क्षेत्रमा गर्नुभएको कामले भविष्यमा सफलता मिल्नेछ ।

सम्बन्धित समाचार

मंसिर ४ गते शुक्रबारको भाग्यफल

वृष, कर्कट, तुला र मीन राशिका व्यक्तिका लागि पारिवारिक सुख, आर्थिक योजना र व्यक्तिगत सम्बन्धका दृष्टिले अनुकूल संकेत छन्। मेष, मिथुन, कन्या र धनु राशिका व्यक्तिले कामकाज, अध्ययन तथ…

ज्यो. प. धुर्वराज सुबेदी

मंसिर ३ गते बिहीबारको भाग्यफल

आज २०८३ साल मंसिर ३ गते बिहीबार। आज कात्तिक शुक्ल दशमी तिथि परेको छ। विश्व शौचालय दिवस, अन्तर्राष्ट्रिय पुरुष दिवस तथा विश्व दर्शनशास्त्र दिवस पनि आजै मनाइँदै छ। मंसिर महिनाको सुरु…

ज्यो. प. धुर्वराज सुबेदी

Latest in English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

मंसिर २ गते बुधबारको भाग्यफल

आज २०८३ साल मंसिर २ गते बुधबार। आज कात्तिक शुक्ल नवमीका अवसरमा कुष्माण्ड नवमी तथा अक्षय नवमी मनाइँदै छ। यस दिन अमलाको वृक्ष र भगवान् विष्णुको पूजा गर्ने धार्मिक परम्परा छ। हेटौँडाक…

ज्यो. प. धुर्वराज सुबेदी