इन्फो नेपाल — सञ्चारको सञ्जाल

पाथीभरामा भक्तजनको चाप बढ्यो

ताप्लेजुङ | प्रसिद्ध तीर्थस्थल पाथीभरा (मुकुमलुङ)मा शनिबार एकै दिन ६ हजार ४ सय ३८ भक्तजनले दर्शन गरेका छन्। चैतेदसैंको छेकमा परेकाले पूजापाठका लागि भक्तजनको आगमन बढेको पाथीभरा क्षेत्र विकास समितिले जनाएको छ। शनिबार र मङ्गलबार पाथीभरामा भक्तजनको चाप बढी हुने गरेको छ। समितिले जनशक्ति खटाएर सहज प्रबन्ध मिलाएको छ। स्वदेशी तथा विदेशी दुवै तीर्थयात्रीहरू यहाँ आउने गरेका छन्। चालु आर्थिक वर्षको चैत मसान्तसम्म १ लाख ६८ हजार ४ सय ६८ भक्तजनले पाथीभरा दर्शन गरिसकेको समितिको तथ्याङ्कमा उल्लेख छ। समितिका अनुसार भदौमा ५ हजार, असोजमा १० हजार ३ सय ४३, कात्तिकमा ४९ हजार १ सय ६३, मङ्सिरमा २० हजार ४ सय १६, पुसमा ५ हजार ६ सय ५५, माघमा ६ हजार १ सय १ र फागुनमा १७ हजार ९ सय १२ भक्तजनले पाथीभरा दर्शन गरेका थिए। पाथीभरा चैतेदसैंको छेकमा परेकाले अहिले भक्तजनको घुइँचो लागेको समितिले जनाएको छ। तीर्थस्थलमा आवश्यक व्यवस्थापन गरिएको र भक्तजनका लागि सहज वातावरण मिलाइएको छ।

सम्बन्धित समाचार

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

मुकुल ढकाल र निशा डाँगी विवाह बन्धनमा बाँधिँदै

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा. मुकुल ढकाल र सहमहामन्त्री एवं प्रतिनिधिसभा सदस्य निशा डाँगी आगामी मंसिर १० गते विवाह बन्धनमा बाँधिने भएका छन्…

इन्फो डेस्क