इन्फो नेपाल — सञ्चारको सञ्जाल

पाथीभरा एड्भरटाइजिङ प्रालिद्वारा विद्यालयमा भेन्डिङ मेसिन र सेनेटरी प्याड वितरण

इटहरी / आज पाथीभरा एड्भरटाइजिङ प्रालिको आठौं वर्षमा प्रवेश गरेको र पाथीभरा जब लिङ्क तेस्रो वर्ष प्रवेश गरेको उपलक्ष्यमा भेन्डिङ मेसिन र सेनेटरी प्याड प्रदान गरेको छ । आज इटहरी-२ मा रहेको महेन्द्र माध्यमिक विद्यालयमा भेन्डिङ मेसिन र सेनेटरी प्याड वितरण गरिएको छ । महेन्द्र माध्यमिक विद्यालयका ब्यवस्थापन समितिका अध्यक्ष टंक पौडेलले भने पूर्व विद्यार्थीहरूले यहाँ आएर विद्यार्थीको हितमा काम गर्नुले आफुहरू लाभान्वित भएको बताए । यसैगरी इटहरीमा रहेको जनता बहुमुखी क्याम्पसमा पाथीभराले भेन्डिङ मेसिन र सेनेटरी प्याड वितरण गरिएको कम्पनीका प्रबन्ध निर्देशक पवन अधिकारीले बताए । उनका अनुसार विद्यार्थीहरूमा महिनावारी भएको समयमा समस्या नहोस् भन्नका लागि भेन्डिङ मेसिन हस्तान्तरण गरिएको छ । सामाग्री बितरण कार्यक्रममा बोल्दै जनता बहुमुखी क्याम्पसकी प्रमुख प्रा. डा. गीता अधिकारीले भेन्डिङ मेसिनले क्याम्पसलाई फाइदा पुगेको बताइन् । उनले महिनावारी भएकै कारण क्याम्पसमा किशोरीहरुले पढाई छाड्नुपर्ने बाध्यता हटेको बताइन् । “यो मेसिनले ठूलो राहत पुगेको छ, अब क्याम्पसमा अध्ययनरत छात्राहरूलाई निकै सहज हुनेछ ।” उनले भनिन् । जनता क्याम्पसमा अध्ययनरत छात्रा अप्सरा कार्कीले आफुहरू महिनावारी भएको समयमा क्याम्पस नै आउन कठिन भएको बाध्यता हटेको बताइन् । उनले भनिन्, “अब क्याम्पसमा हामी जस्तै किशोरीहरूलाई सहज हुने छ, यो मेसिन अति आवश्यक थियो ।” पाथीभरा जब लिङ्कले बेरोजगारी युवाहरूलाई रोजगारी प्रदान गर्दै आएको छ । यस्तै, एडभरटाइजिङले प्रदेश १ मा रहेर स्थानीय एवम् राष्ट्रिय रूपमा विज्ञापन क्षेत्रमा काम गर्दै आएको छ ।

सम्बन्धित समाचार

सोलुखुम्बुको फेरिचेमा दुई हेलिकोप्टर ठोक्किएर दुर्घटना, एक विदेशी नागरिकको मृत्यु

काठमाडाैँ। सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–४ स्थित फेरिचेमा दुईवटा हेलिकोप्टर एकापसमा ठोक्किएर दुर्घटना हुँदा एकजना विदेशी नागरिकको मृत्यु भएको छ। ​फेरिचे हेलिप्याडमा अव…

इन्फो डेस्क

पहिरोले सोलुखुम्बुकाे इङ्खु नदी थुनियो, तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह

मकवानपुर । सोलुखुम्बुको महाकुलुङ गाउँपालिका–१ चेरेम गाउँमुनि पहिरो खस्दा इङ्खु नदीको बहाव रोकिएको छ। नदीको बहाव रोकिएर अस्थायी बाँध बनेपछि फुटेर जोखिम निम्तन सक्ने भन्दै सतर्कता अप…

इन्फो डेस्क

Latest in English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

​सप्तकोशीका ३१ ढोका खोलिए, नदीमा उच्च खतराको सङ्केत

काठमाण्डाैँ । निरन्तरको वर्षाका कारण सुनसरीस्थित सप्तकोशी नदीमा बाढीको खतरा उच्च बनेपछि कोशी ब्यारेजका ३१ वटा ढोका खोलिएका छन्। नदीमा जलसतह खतराको बिन्दु नाघेपछि जोखिम न्यूनीकरणका…

इन्फो डेस्क