इन्फो नेपाल — सञ्चारको सञ्जाल

पाथीभरा दर्शन गर्न आएका दुई हजारभन्दा बढी तिर्थयात्री बन्दका कारण माथिल्लाे फेदीमै राेकिए

३० कात्तिक-नेत्र विक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले आह्वान गरेको बन्दले पाथीभरा मन्दिर दर्शन गर्न आउने भक्तजन प्रभावित भएका छन् । बन्दका कारण सवारीसाधन ठप्प हुँदा तीर्थयात्रीले कठिनाइ भाेग्नु परेकाे हाे । सरकारले हालै पेट्रोलिय पदार्थ र खाना पकाउने ग्यासमा गरेकाे मूल्यवृद्धिविरुद्ध नेपाल कम्युनिष्ट पार्टीले नेपाल बन्द आह्वान गरेकाे हाे । एक्कासी बन्द आह्वान गरेपछि पाथीभरा मन्दिर प्रवेशद्धारकाे माथिल्लो फेदीमा साेमबार दुई हजार दुई सय भक्तजन राेकिएकाे माथिल्लाे फेदी प्रहरी चौंकीले जनाएको छ । फेदीमा राेकिएका भक्तजनहरू आज सदरमुकाम फुङ्लिङ फर्किनेछन् । फेदीदेखि सवारीसाधनमार्फत भक्तजनहरु आ-आफ्नो घर फर्कने गर्छन् । तर, बन्दले यातायातका साधनहरु ठप्प भएसँगै बिहान पूजापाठ गरेर फर्नने दुई हजारभन्दा बढी भक्तजन फेदीमा राेकिएकाे माथिल्लाे फेदी प्रहरी चौकीका प्रमुख प्रहरी असई लोकबहादुर थापाले बताए । बन्दले यातायातका साधन ठप्प हुँदा पाथीभरा मन्दिर दर्शनमा आउने भक्तजन पनि कम भएकाे पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक मनमणि काफ्लेले बताए । पाथीभरा मन्दिरमा दर्शन गरेर फर्कनेहरूको लागि दिउँसो ३ बजेदेखि पाथीभरा क्षेत्रमा सञ्चालन हुने सवारीसाधन सञ्चालन गर्न दिने बन्द आह्नानकर्ता तथा नेत्र विक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका जिल्ला सचिव असल पन्दाकले बताए । बन्दका कारण ताप्लेजुङ सदरमुकाम फुङ्लिङ बजार सुनसान भएको छ ।

सम्बन्धित समाचार

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

मुकुल ढकाल र निशा डाँगी विवाह बन्धनमा बाँधिँदै

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा. मुकुल ढकाल र सहमहामन्त्री एवं प्रतिनिधिसभा सदस्य निशा डाँगी आगामी मंसिर १० गते विवाह बन्धनमा बाँधिने भएका छन्…

इन्फो डेस्क