इन्फो नेपाल — सञ्चारको सञ्जाल

पानी ल्याउने सपना पूरा भएपछि भावुक बने मेयर साम्पाङ

झापा – कडा परिश्रम र मेहेनतको परिणामस्वरूप धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ कोकाहा खोलाको पानी धरान ल्याउन सफल भएका छन् । कोकाहाको पानी धरान ल्याउन सफल भएपछि सोमबार मध्यरातमा उनी भावुक भएका थिए । पानी धरान ल्याउनकै लागि मेयर साम्पाङलगायत धेरै धरानबासी रातभर जाग्राम बसेका थिए । कोकाहाको पानी धरान ल्याउन सफल मेयर साम्पाङलाई अहिले सामाजिक सञ्जालमा मानिसहरूले बधाई दिइरहेका छन् । सामाजिक सञ्जालमा लेख्दै मेयर साम्पाङले कोकाहा खोलाको पानीमा नुहाउन धराने जनतालाई आह्वान गरेका छन् । उनले लेखेका छन्, ‘आज ११ बजेदेखि कोकाहा खोलाको पानीमा नुहाउने कार्यक्रम रहेको छ ! कोकाहाको पवित्र जलले नुहाउन धरान २० को माया धराने साबुन फ्याक्ट्री निर्माण स्थल छेउ पकुवा खोलामा आउनु होला ! जय श्रमदान !’ उनी कोकाहाको पानी पकुवा खोलासम्म नल्याइ घर नै जान्न भन्दै रातभर काममा खटिएका थिए । राति १२ बजेर ३ मिनेटमा उनले दिएको बचन पूरा गर्दै पानी झार्न सफल भएका हुन् ।

सम्बन्धित समाचार

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

मुकुल ढकाल र निशा डाँगी विवाह बन्धनमा बाँधिँदै

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा. मुकुल ढकाल र सहमहामन्त्री एवं प्रतिनिधिसभा सदस्य निशा डाँगी आगामी मंसिर १० गते विवाह बन्धनमा बाँधिने भएका छन्…

इन्फो डेस्क