इन्फो नेपाल — सञ्चारको सञ्जाल

पार्टीको विवादबारे रवि लामिछाने भन्छन्– मैले नै खबरदारी गर्न भनेको थिएँ

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले पार्टीभित्र विवाद नभएर नेतृत्वलाई खबरदारी गरिएको बताएका छन् । बिहीबार भरतपुर विमानस्थलमा पत्रकारसँग कुराकानी गर्दै लामिछानेले आफूले नै पार्टीका नेता कार्यकर्तालाई खबरदारी गर्न भनेको समेत बताए । समानुपातिकतर्फ बन्दसूचीमा रहेका नेताहरूले सांसद छान्दा पार्टीको आन्तरिक सर्वेक्षणमा कम मत आएकाहरूलाई छान्न लागिएको भन्दै विरोध जनाएका छन् । तर, लामिछानेले भने आफू पार्टीको प्रणालीभन्दा बाहिर नजाने बताए । "हाम्रोमा के छ भने नजिकका मान्छे, वरपरका मान्छे, नजिक देखिने मान्छेहरूलाई राख्ने अभ्यास भएकाले उहाँहरूले खबरदारी गर्नुभएको होला । मैले नै पार्टीमा खबरदारी गर्न भनेको छु । जे भन्यो त्यसैमा वाह वाह, जिन्दावाद ताली बजाउने होइन, खबरदारी गर्नुहोला भनेको छु । मलाई खुसी लागेको छ, उहाँहरूले मान्नुभएको छ । कोही आँत्तिनुपर्दैन । राष्ट्रिय स्वतन्त्र पार्टी प्रणाली बाहिर जाँदैन," लामिछानेले भने ।

सम्बन्धित समाचार

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

मुकुल ढकाल र निशा डाँगी विवाह बन्धनमा बाँधिँदै

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा. मुकुल ढकाल र सहमहामन्त्री एवं प्रतिनिधिसभा सदस्य निशा डाँगी आगामी मंसिर १० गते विवाह बन्धनमा बाँधिने भएका छन्…

इन्फो डेस्क