इन्फो नेपाल — सञ्चारको सञ्जाल

पालिका गान र लोगो सार्वजनिक

धनकुटा - धनकुटाको साँगुरीगढी गाउँपालिकाको पालिका गान, पालिकाको लोगो सार्वजनिक गर्दै साँगुरीगढी गाउँकार्यपालिकाको आठौं स्थापना दिवस भेडेटारमा सम्पन्न भएको छ । कोशी प्रदेश आन्तरीक मामीला तथा कानून मन्त्री शमसेर राईको प्रमुख आतिथ्यतामा एवं साँगुरीगढी गाउँपालिकाका अध्यक्ष जीतेन्द्र रुम्दालिको अध्यक्षतामा स्थापना दिवसको अवसर पारेर साँगुरीगढी गाउँपालिकाको पालिका गान र पालिकाको लोगो सार्वजनिक गरिएको हो । कोशी प्रदेश आन्तरीक मामीला तथा कानून मन्त्री राइले एक कार्यक्रमका विच पालिका गान र लोगो सार्वजनिक गर्नु भएको हो । स्थानीय तहले आधिकारिक रुपमा आफ्नो उपस्थिति कोशी प्रदेशमा जनाएको छ । पालिकाको गौरव गान र लोगो सार्वजनिक गरेर पालिकाले नेपालको संघियतामा आफ्नो उपस्थिति जनाएको बताए । उक्त अवसरमा पालिकाका पुर्व प्रमुख प्रशासकीय अधिकृत मनोज कुमार ठाकुर, जयराम श्रेष्ठ, सुर्य बहादुर भण्डारी, सुवास श्रेष्ठ, गुणराज भट्टराई लगायतलाई दोसल्ला ओढाएर सम्मान गरिएको थियो । यसैगरी वरिष्ठ गायक कृष्णभक्त राई, पालिका गीत तथा लोगो छनौट समितिका गीतकार रमेशचन्द्र अधिकारी, कवि केजि सुब्बा, कलाकार डिल्लीकृष्ण आले, पालिका लोगो डिजाईनर कलाकार मुकुन्द प्रयास, पालिका गान गीतकार -संगीतकार नन्दु राई, गायिका जुनी राई, तथा गायक गायिकाहरुलाई नगद पुरस्कार सहित दोसल्ला ओढाएर प्रशंसा पत्र प्रदान गरिएको हो । उक्त कार्यक्रममा धनकुटाको चौबिसे गाउँपालिकाका अध्यक्ष राजकुमार लिम्बु , जिल्ला प्रहरी कार्यलयका प्रमुख सुदन प्रसाद भारती, भीमदल गणका गणपति प्रमुख सेनानी सुमन थापा, सातै पालिकाका प्रमुख तथा उपप्रमुख, विभिन्न दलका प्रमुख तथा पाटी प्रतिनिधि, शिक्षक लगायतको उपस्थिति रहेको थियो ।

सम्बन्धित समाचार

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

मुकुल ढकाल र निशा डाँगी विवाह बन्धनमा बाँधिँदै

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा. मुकुल ढकाल र सहमहामन्त्री एवं प्रतिनिधिसभा सदस्य निशा डाँगी आगामी मंसिर १० गते विवाह बन्धनमा बाँधिने भएका छन्…

इन्फो डेस्क