इन्फो नेपाल — सञ्चारको सञ्जाल

पाल्पामा बस दुर्घटना, ६ जनाको घटनास्थलमै मृत्यु, १५ घाइते

काठमाडौं । पाल्पाको रैनादेवी छहरा गाउँपालिका वडा नम्बर ८ मा यात्रुबाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ । १५ जना घाइते भएका छन् । रुपन्देहीको सालझण्डीबाट पाल्पाको खुर्साने जाँदै गरेको श्रीनगर यातायात समितिको बस नं ग १ ख ४९७७ राति १० बजेतिर धार्तिगैरा भन्ने ठाउँमा पल्टिएको थियो । उद्धारमा खटिएका प्रहरी निरीक्षक श्रीराम भट्टले ६ जनाको घटनास्थलमै मृत्यु भएको र १५ जना घाइतेलाई प्रादेशिक अस्पताल बुटवलमा उपचारका लागि पठाइएको जानकारी दिए । भट्टका अनुसार मृतक सबै महिला रहेका छन् । बसमा २१ जना सवार रहेको बताइएको छ । घाइते सबैको अवस्था सामान्य रहेको भट्टले जानकारी दिए । दुर्घटनास्थल सत्यवती-सालझण्डी-सन्धिखर्क सडक सडक अन्तर्गत पर्छ ।

सम्बन्धित समाचार

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

मुकुल ढकाल र निशा डाँगी विवाह बन्धनमा बाँधिँदै

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा. मुकुल ढकाल र सहमहामन्त्री एवं प्रतिनिधिसभा सदस्य निशा डाँगी आगामी मंसिर १० गते विवाह बन्धनमा बाँधिने भएका छन्…

इन्फो डेस्क