इन्फो नेपाल — सञ्चारको सञ्जाल

पिकअप दुर्घटनामा प्रहरी सहायक निरीक्षकको मृत्यु

उदयपुर | उदयपुरबाट विराटनगर जाँदै गरेको पिकअप गाडी दुर्घटना हुँदा जिल्ला प्रहरी कार्यालय उदयपुरमा कार्यरत प्रहरी सहायक निरीक्षक विरोध खतिवडाको मृत्यु भएको छ। गाईघाटबाट विराटनगरतर्फ जाँदै गरेको प्रदेश २–०१–००च २१५ नम्बरको पिकअप जिप आज बिहान सुनसरीको दुहबी नगरपालिका–३ स्थित फुटनी चोकमा अनियन्त्रित भई विद्युत् पोलमा ठोक्किँदा उक्त घटना भएको हो।

दुर्घटनामा गाडीको अगाडिपट्टि सवार ३० वर्षीय खतिवडाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ। त्रियुगा नगरपालिका–८ गैरुन स्थायी घर भएका खतिवडा कार्य विशेषले विराटनगर जाँदै थिए भनी प्रहरी नायब उपरीक्षक तथा सूचना अधिकारी केदारमान दोङले जानकारी दिए।

सोही दुर्घटनामा चालक सुरेश कार्की (उदयपुर, चौदण्डीगढी–६) र उनकी १४ वर्षीया छोरी घाइते भएका छन्। उनीहरूको उपचारका लागि नजिकैको अस्पतालमा भर्ना गरिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

सम्बन्धित समाचार

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

मुकुल ढकाल र निशा डाँगी विवाह बन्धनमा बाँधिँदै

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा. मुकुल ढकाल र सहमहामन्त्री एवं प्रतिनिधिसभा सदस्य निशा डाँगी आगामी मंसिर १० गते विवाह बन्धनमा बाँधिने भएका छन्…

इन्फो डेस्क