इन्फो नेपाल — सञ्चारको सञ्जाल

पितृ पक्ष आज समाप्त हुँदै, भोलि घटस्थापनासँगै बडादशैँ सुरु

मकपानपुर । असोज कृष्ण प्रतिपदादेखि सुरु भएको पितृ पक्ष (सोह्र श्राद्ध) आज असोज कृष्ण औँसीका दिन दिवंगत पितृहरूको स्मरण र श्राद्ध गर्दै समापन गरिँदैछ। सोह्र श्राद्ध समाप्त भएसँगै भोलि (आइतबार) देखि दुर्गा पक्ष अर्थात् नेपालीहरूको महान् पर्व बडादशैँ औपचारिक रूपमा सुरु हुँदैछ।

​पितृ पक्षको १५ तिथि र असोज शुक्ल प्रतिपदाको एक दिन गरी १६ तिथिसम्म दिवंगत पितृका नाममा तर्पण, सिदादान र पिण्डदान गरिने भएकाले यसलाई सोह्र श्राद्ध भनिएको हो। कुनै कारणवश यस पक्षका अन्य तिथिमा श्राद्ध रोकिएको भए आजैका दिन श्राद्ध गर्नुपर्ने शास्त्रीय मान्यता रहेको छ।

​आज पनि श्राद्ध गर्न नसकिएमा असोज शुक्ल प्रतिपदादेखि असोज शुक्ल पञ्चमीसम्म गर्न सकिने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका पूर्वअध्यक्ष प्रा.डा. रामचन्द्र गौतमले जानकारी दिए। उनका अनुसार उक्त समयमा पनि सम्भव नभए कात्तिक कृष्ण औँसी (लक्ष्मीपूजा) वा मङ्सिरको वृश्चिक सङ्क्रान्तिसम्म जुराएर श्राद्ध गर्न सकिने शास्त्रीय मत छ।

​सोह्र श्राद्धको अन्तिम दिन आज काठमाडौँको गोकर्णेश्वर उत्तरगया, नुवाकोट र रसुवाको सङ्गमस्थल बेत्रावती, देवघाट तथा त्रिवेणीलगायतका पवित्र तीर्थस्थलहरूमा तर्पण र पिण्डदान गर्ने श्रद्धालुहरूको बाक्लो उपस्थिति रहेको छ। भोलि घटस्थापनाका दिन घरघरमा जमरा राखेर दशैँको स्वागत गरिन्छ।

सम्बन्धित समाचार

मंसिर ४ गते शुक्रबारको भाग्यफल

वृष, कर्कट, तुला र मीन राशिका व्यक्तिका लागि पारिवारिक सुख, आर्थिक योजना र व्यक्तिगत सम्बन्धका दृष्टिले अनुकूल संकेत छन्। मेष, मिथुन, कन्या र धनु राशिका व्यक्तिले कामकाज, अध्ययन तथ…

ज्यो. प. धुर्वराज सुबेदी

मंसिर ३ गते बिहीबारको भाग्यफल

आज २०८३ साल मंसिर ३ गते बिहीबार। आज कात्तिक शुक्ल दशमी तिथि परेको छ। विश्व शौचालय दिवस, अन्तर्राष्ट्रिय पुरुष दिवस तथा विश्व दर्शनशास्त्र दिवस पनि आजै मनाइँदै छ। मंसिर महिनाको सुरु…

ज्यो. प. धुर्वराज सुबेदी

Latest in English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

मंसिर २ गते बुधबारको भाग्यफल

आज २०८३ साल मंसिर २ गते बुधबार। आज कात्तिक शुक्ल नवमीका अवसरमा कुष्माण्ड नवमी तथा अक्षय नवमी मनाइँदै छ। यस दिन अमलाको वृक्ष र भगवान् विष्णुको पूजा गर्ने धार्मिक परम्परा छ। हेटौँडाक…

ज्यो. प. धुर्वराज सुबेदी