इन्फो नेपाल — सञ्चारको सञ्जाल

पिप्ले पोखरामा ठेकी बनाउने १५ दिने तालिम सम्पन्न

हेटौँडा | पिप्ले पोखरा सामुदायिक बन उपभोक्ता समूहले आयोजना गरेको १५ दिने ठेकी बनाउने तालिम आइतबार सम्पन्न भएको छ। डिभिजन वन कार्यालय मकवानपुरको समन्वयमा वन तथा कृषि सहजिकरण कार्यक्रमअन्तर्गत तालिम जेठ २४ देखि असार ७ गतेसम्म सञ्चालित भएको हो।

तालिमको समापनमा डिभिजन वन प्रमुख राकेश प्रसाद चन्द्रवंशी सिकेको सीपलाई व्यवसायिक अभ्यासमा रूपान्तरण गर्न आग्रह गरे। उनले ठेकीमा आकर्षक डिजाइन, रंग र पोलिस थप गर्न सकिएमा स्थानीय बजारमै उच्च मूल्य पाउन सकिने बताउँदै "फिनिशिङ सिप" अत्यावश्यक रहेकोमा जोड दिए। १४ जना सहभागीले ठेकी निर्माणका आधारभूत सीप सिकेका थिए। समापन कार्यक्रममा वडा नम्बर ५ का अध्यक्ष सुशिल घिमिरेले तालिमले स्थानीय स्तरमै रोजगारी सिर्जना गर्न सक्ने विश्वास व्यक्त गरे।

वन समूह अध्यक्ष रामहरि चौलागाईंले तालिमबाट प्राप्त सीपलाई आम्दानीको स्रोतमा बदल्ने प्रतिबद्धता जनाउँदै आगामी असार १३ गतेदेखि ठेकीको गुणस्तर सुधार र बजार मूल्य वृद्धि गर्न केन्द्रित एक हप्ते थप तालिम सञ्चालन गरिने जानकारी दिए ।

तालिम प्रशिक्षक सानुभाइ सुनारको निर्देशनमा सञ्चालित तालिममा उत्कृष्ट प्रदर्शन गरेकी सरस्वती राईलाई एक हजार रुपैयाँसहित सम्मान गरिएको छ। समापन कार्यकर्ममा डिभिजन वन अधिकृत बसन्तराज गौतमल,  वडा सदस्य ज्ञानबहादुर थापा र रंगिता सिलवालको समेत उपस्थिति रहेको थियो।

सम्बन्धित समाचार

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

मुकुल ढकाल र निशा डाँगी विवाह बन्धनमा बाँधिँदै

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा. मुकुल ढकाल र सहमहामन्त्री एवं प्रतिनिधिसभा सदस्य निशा डाँगी आगामी मंसिर १० गते विवाह बन्धनमा बाँधिने भएका छन्…

इन्फो डेस्क