इन्फो नेपाल — सञ्चारको सञ्जाल

पीडितले बयान फेर्दैमा पल शाहले सफाइ पाउँछन्?

बैशाख ४ , काठमाडौँ | अभिनेता पल शाहमाथि लागेको ब'ला'त्कारको अ'भियोगले नयाँ मोड लिएको छ। जिल्ला अदालत तनहुँमा पी'डित ना'बालिग र जाहेरवाला उनका बुवाले शाहलाई राहत मिल्ने गरी बकपत्र दिएपछि मु'द्दा कमजोर हुने संकेत देखिएको हो। आइतबारदेखि जिल्ला अदालत तनहुँमा बकपत्र सुरु भएको छ। सुरुमै बकपत्रका क्रममा पीडित ना'बालिग गायिकाले आफूमाथि ब'ला'त्कार नभएको बताएकी छन्। अदालतमा उपस्थित एक कानुन व्यवसायीले भने, ‘उहाँले आफूमाथि ब'ला'त्कार नभएको बताउनु भएको छ। यसअघि अभियोजनमा भएको बयान पनि आफ्नो नभएको पीडितले बताउनु भएको छ।’ पीडित र जाहेरवालाले बकपत्रमार्फत बयान फेरेसँगै पल शाहले सफाइ पाउने सम्भावना बढेको छ। कतिपय मुद्दामा बकपत्र फेरिएसँगै पीडकले सफाइ पाएको वरिष्ठ अधिवक्ता दिने त्रिपाठीले बताए। ‘पीडितले नै होइन भनेपछि त अदालतले सफाइ दिन सक्ने भयो। तर पीडित माथि नै कारबाही हुन पनि सक्छ’, त्रिपाठीले भने, ‘यसअघि अदालतले यसरी फैसला गरेका प्रशस्त उदाहरण छन्।’ यसअघि जिल्ला अदालत अछामले ब'ला'त्कारकै मुद्दामा पीडक भनिएका व्यक्तिलाई सफाइ दिँदै पीडित युवतीलाई साढे तीन वर्ष जेल सजाय तोकेको छ। त्यसपछि ती युवतीलाई सुधार गृहमा राखिएको छ। पीडक भनिएका युवक छुटिसकेका छन्। तर यो मुद्दा उच्च अदालत दिपायलमा पुगेको छ। जिल्ला सरकारी वकिल कार्यालयले उच्च अदालतमा पुनरावेदन गरेको छ। पीडितले बयान फेर्दैमा पल शाहले सफाइ पाउँछन्? यस्तै त्यसको केही दिनपछि जिल्ला अदालत दैलेखले पनि पीडकलाई सफाइ दिँदै पीडितलाई नै तीन महिना कै'द सजाय तोकेको थियो। यो घटनामा पनि यस्तै सजाय तोकिन सक्ने कानुन व्यवसायी बताउँछन्। तर यो न्यायाधीशको विवेकमा भर पर्छ। वरिष्ठ अधिवक्ता त्रिपाठीले पी'डितले बयान फेरे पनि प्रभावित भएर होस्टाइल भएर जाहेरीमा भएको कुरा नै स'त्य हो भन्ने लागेमा शाहलाई नै सजाय तोक्न सक्ने पनि बताए। यसअघि यस्ता फैसला पनि आएको उनले बताए। ‘पीडितले बकपत्र फेरे पनि अदालतले पीडक भनिएकाहरूलाई सजाय तोकेका उदाहरण पनि छन्। तर यस्ता केसमा पीडितले होइन भनेपछि त्यो सम्भावना कम हुन्छ’, उनले भने। यसअघि आफूमाथि ब'ला'त्कार भएको भन्दै जिल्ला अदालत तनहुँ र पूर्वी नवलपरासीमा पीडितले जाहेरी दिएकी थिइन्। पीडितका तर्फबाट उनका बुबाले जाहेरी दिएका थिए। दुवै जिल्ला अदालतले पल शाहलाई पुर्पक्षका लागि थुनामा पठाएका छन्। शाह कारागार कार्यालय तनहुँको हिरासतमा छन्। तनहुँ अदालतपछि उनलाई पूर्वी नवलपरासीमा बकपत्रका लागि उपस्थित गराइने छ। शाहलाई १२ देखि १४ वर्ष कैद र ४ लाख रुपैयाँ जरिवाना माग गर्दै जिल्ला सरकारी वकिल कार्यालय नवलपुर र तनहुँले मुद्दा दायर गरेका थिए। नेपाल खबर बाट

सम्बन्धित समाचार

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

मुकुल ढकाल र निशा डाँगी विवाह बन्धनमा बाँधिँदै

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा. मुकुल ढकाल र सहमहामन्त्री एवं प्रतिनिधिसभा सदस्य निशा डाँगी आगामी मंसिर १० गते विवाह बन्धनमा बाँधिने भएका छन्…

इन्फो डेस्क