इन्फो नेपाल — सञ्चारको सञ्जाल

पुरानो रिसइबीका कारण मकवानपुरमा पुजारीको गोली हानी हत्या

हेटौँडा | मकवानपुरको राक्सिराङ गाउँपालिका–१, कोलगैरी ठकुरीडाँडास्थित कुलदेवी मन्दिरका पुजारी ठूले गोलेको  गोली हानी हत्या गरिएको छ। जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार शुक्रबार बिहान ६४ वर्षीय गोलेलाई गोली प्रहार गरिँदा घटनास्थलमै मृत्यु भएको थियो। हत्या आरोपमा प्रहरीले ७५ वर्षीय इमान सिंह थोकरलाई नियन्त्रणमा लिएको छ। थोकरको साथबाट कटुवा पेस्तोल एक थान, त्यसमा लाग्ने दुई राउण्ड गोली, खोका एक थान तथा १९० ग्राम गनपाउडर समेत बरामद गरिएको प्रहरीले जनाएको छ। प्रारम्भिक अनुसन्धानअनुसार पुरानो रिसइबीका कारण थोकरले गोलेमाथि गोली प्रहार गरेको आशंका प्रहरीको छ। सादा पोशाकका प्रहरी समेत परिचालन गरी थोकरलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका निमित्त प्रवक्ता प्रहरी निरीक्षक राजु प्रसाद कुर्मीले जानकारी दिए।

सम्बन्धित समाचार

मकवानपुरका पाँच गाउँपालिकासहित हेटौँडामा विद्यालय बन्द

हेटौँडा, ८ असोज । भारी वर्षासँगै बाढी, पहिरो तथा खोला–खहरेमा पानीको बहाव बढ्न सक्ने जोखिमलाई ध्यानमा राख्दै मकवानपुरका पाँच गाउँपालिका र हेटौँडा उपमहानगरपालिकाले विद्यालय बन्द गर्न…

इन्फो डेस्क

मकवानपुरका सबै पालिकाबाट करदाता सेवा सुरु, हेटौँडा धाउनुपर्ने बाध्यता हट्दै

हेटौँडा । मकवानपुरका सबै स्थानीय तहबाट करदातासम्बन्धी सेवा सुरु भएको छ। आन्तरिक राजस्व कार्यालय हेटौँडाले जिल्लाका सबै पालिकामा सेवा विस्तार गरेसँगै व्यक्तिगत तथा व्यावसायिक प्यान…

इन्फो नेपाल संवाददाता

Latest in English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

मकवानपुरका ९ पालिकाको बजेट ८ अर्ब ९० करोड बढी, जोड पूर्वाधारमै

हेटौँडा । मकवानपुरका १० स्थानीय तहमध्ये ९ वटा पालिकाले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि नीति, कार्यक्रम तथा बजेट सार्वजनिक गरेका छन् । हालसम्म सार्वजनिक भएका ९ पालिकाको कुल बजेट ८…

बसन्त भण्डारी