इन्फो नेपाल — सञ्चारको सञ्जाल

पुरुषको तुलनामा महिलाको दिमाग तेजिलो : महिलाले ५० वर्ष पुरानो शब्द पनि सम्झन सक्छन् !

काठमाडाैं | एजेन्सी- महिलामा ५० वर्ष पुग्दा पनि शब्द सम्झने क्षमता हुने एक अध्ययनले देखाएको छ । उनीहरुको दिमाग पुरुषको तुलनामा बढी सक्रिय हुने अध्ययनले जनाएको छ । नर्वेको बर्गेन विश्वविद्यालयमा गरिएको एक अनुसन्धानमा यो खुलासा भएको हो । अनुसन्धानका लागि टोलीले विगत केही वर्षदेखि पुरुष र महिलाको मानसिक क्षमताको तथ्याङ्क सङ्कलन गरेको थियो । यसको मेटा-विश्लेषणमा, ३ लाख ५० हजार भन्दा बढी सहभागीहरूको डाटा लिइएको थियो । अहिलेसम्मको यो सबैभन्दा ठूलो डाटा रिसर्चमा महिलामा धाराप्रवाह बोल्ने क्षमता बढी रहेको खुलासा भएको छ । महिलाको स्मरण शक्ति पनि पुरुषको तुलनामा राम्रो हुने अध्ययनले बताएको हो । महिलाहरू निश्चित अक्षर वा वर्गबाट ​​शुरू हुने नाम र शब्दहरू खोज्न र सम्झन सक्षम हुन्छन् । अन्वेषक मार्को हिर्सटाइनले बौद्धिक सीपको हिसाबले महिला र पुरुषबीच कुनै भिन्नता नभएको विश्वास समेत व्यक्त गरेका छन् । महिलाको मस्तिष्कको कोर्टेक्स र लिम्बिक प्रणालीमा रगतको प्रवाह बढी हुने र तरल पदार्थको मात्रा पनि बढी हुन्छ, जसका कारण उनको मस्तिष्क पुरुषको तुलनामा बढी सक्रिय हुने उनको भनाइ छ ।

सम्बन्धित समाचार

नियमित गाजँर खानुहाेस्, १० फाइदा लिनुहाेस्

काठमाडौं । खानालाई सन्तुलित राख्नको लागि प्रोटिन, भिटामिन र मिनरल्सले भरिपूर्ण खानेकुरा खानु पर्छ । यदि हामी भिटामिनको राम्रो स्रोतको बारेमा कुरा गर्छौं भने गाजर निश्चित रूपमा उल्ल…

इन्फो नेपाल संवाददाता

एकैपटक रक्सी छाडे निम्तिन सक्छन्, यस्ता समस्या

काठमाडाैं । आजकल रक्सी पिउनु जीवनशैलीको हिस्सा बनिसकेको छ । यस्तो अवस्थामा पार्टीको नाम आउनेबित्तिकै मानिसहरु रक्सी पिउने कुरा गर्न थाल्छन् तर स्वास्थ्यमा असर पुगेपछि मदिरा त्याग्न…

इन्फो नेपाल संवाददाता

Latest in English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

मर्निङ वाक खाली पेटमा गर्ने कि खाएर ? जान्नुहोस दुबैको फाइदा

काठमाडौं । विभिन्न वैज्ञानिक अनुसन्धानहरूले पुष्टि गरिसकेका छन् कि हिँडाइ शरीरलाई स्वस्थ राख्ने सबैभन्दा सरल, प्रभावकारी र प्राकृतिक उपाय हो। नियमित हिँडाइले मेटाबोलिजम सुधार गर्ने…

इन्फो नेपाल संवाददाता