इन्फो नेपाल — सञ्चारको सञ्जाल

पुर्व-पश्चिममा बरूवा बसपार्क सञ्चालनमा

सुनसरी : उदयपुरको त्रियुगा नगरपालिका-१३ को गाईघाटस्थित पूर्वी क्षेत्रको बरुवा नदी किनार क्षेत्रमा निर्माण गरिएको पूर्व–पश्चिम बरुवा बसपार्क बिहीबारदेखि औपचारिकरूपमा सञ्चालन सुरु हुने भएको छ । हिजो बिहीबार त्रियुगा नगरपालिकाका प्रमुख बलदेव चौधरीले एक औपचारिक कार्यक्रमबीच उद्घाटन गरेसँगै जिल्लाको मात्र नभई प्रदेश-१ नम्बरको नै बृहत् क्षेत्रफलमा फैलिएको बसपार्क सञ्चालन भएको त्रियुगा नगरपालिकाले बताएको छ । मदन भण्डारीमार्गअन्तर्गत उदयपुरको गाईघाट भएर सञ्चालन हुने रात्रिसेवाका बस पार्किङ व्यवस्थापन र बस सञ्चालन गर्नेगरी बिहीबारदेखि बसपार्कबाट रात्रिसेवाका बस सञ्चालन सुरु गरिएको छ । बसपार्क झण्डै १४ बिघा क्षेत्रफलमा फैलिएको छ भने आठ बिघा क्षेत्रफलमा बसपार्कको भौतिक संरचनासहित टिकट काउण्टर, चमेनागृहसहित अन्य भौतिक संरचना निर्माण भएका छन् । बरूवा बसपार्क बाट काठमाडौं जाने बास पनि छुट्ने छ । हाम्रो कोशी आवाजले जानकारी दिएको छ ।-/File Photo

सम्बन्धित समाचार

सोलुखुम्बुको फेरिचेमा दुई हेलिकोप्टर ठोक्किएर दुर्घटना, एक विदेशी नागरिकको मृत्यु

काठमाडाैँ। सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–४ स्थित फेरिचेमा दुईवटा हेलिकोप्टर एकापसमा ठोक्किएर दुर्घटना हुँदा एकजना विदेशी नागरिकको मृत्यु भएको छ। ​फेरिचे हेलिप्याडमा अव…

इन्फो डेस्क

पहिरोले सोलुखुम्बुकाे इङ्खु नदी थुनियो, तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह

मकवानपुर । सोलुखुम्बुको महाकुलुङ गाउँपालिका–१ चेरेम गाउँमुनि पहिरो खस्दा इङ्खु नदीको बहाव रोकिएको छ। नदीको बहाव रोकिएर अस्थायी बाँध बनेपछि फुटेर जोखिम निम्तन सक्ने भन्दै सतर्कता अप…

इन्फो डेस्क

Latest in English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

​सप्तकोशीका ३१ ढोका खोलिए, नदीमा उच्च खतराको सङ्केत

काठमाण्डाैँ । निरन्तरको वर्षाका कारण सुनसरीस्थित सप्तकोशी नदीमा बाढीको खतरा उच्च बनेपछि कोशी ब्यारेजका ३१ वटा ढोका खोलिएका छन्। नदीमा जलसतह खतराको बिन्दु नाघेपछि जोखिम न्यूनीकरणका…

इन्फो डेस्क