इन्फो नेपाल — सञ्चारको सञ्जाल

पूर्वाञ्चल विश्वविद्यालयको दसौँ समारोहमा १४ हजार १ सय ३३ विद्यार्थी दीक्षित

सुनसरी / पूर्वाञ्चल विश्वविद्यालयको दशौँ दीक्षान्त समारोहमा १४ हजार १ सय ३३ विद्यार्थी दीक्षित भएका छन् । विश्वबिद्यालयमा ३७ हजार बढी विद्यार्थी अध्ययनरत छन् । विश्वविद्यालयका सहकुलपति शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलको अध्यक्षतामा सम्पन्न दशौँ दीक्षान्त समारोहका प्रमुख अतिथि तिलगंगा आँखा प्रतिष्ठान काठमाण्डौका संस्थापक तथा कार्यकारी निर्देशक प्रा.डा. सन्दुक रुइत रहेका थिए । दीक्षान्त समारोहमा स्नातकोत्तर तर्फ २ हजार ३ सय ६ जना र स्नातक तर्फ ११ हजार ८ सय ३० जना गरी १४ हजार १ सय ३३ विद्यार्थी दीक्षित भएका हुन । बिश्वबिद्यालयको मुख्य कार्यालय मोरङको गोठगाउमा आइतबार आयोजित दशौँ दीक्षान्त समारोहमा विभिन्न ६ वटा सङ्कायबाट सो सङ्ख्यामा विद्यार्थी दीक्षित भएको बिश्वबिद्यालयले जनाएको छ । व्यवस्थापन सङ्कायबाट स्नातकमा २ हजार ७ सय २५ जना र स्नातकोत्तरमा १ हजार १ सय १३ जना विद्यार्थी दीक्षित भएका छन् । चिकित्सा विज्ञान सङ्कायबाट स्नातकमा ५ हजार ३ सय ४८ जना र स्नातकोत्तरमा ३३ जना विद्यार्थी दीक्षित भएका छन् । विज्ञान प्रविधि सङ्काय तफबार्ट स्नातकमा २ हजार २ सय ४८ जना र स्नातकोत्तरमा ३ सय ४१ जना विद्यार्थी दीक्षित भएको बिश्वबिद्यालयले जनाएको छ । कानुन सङ्कायबाट स्नातकमा ३ सय ६९ जना र स्नातकोत्तरमा २ सय १४ जना दीक्षित भएका छन् । कला सङ्कायबाट स्नातकमा १ सय १४ जना र स्नातकोत्तरमा १ सय ९८ जना दीक्षित भएका छन् । शिक्षा सङ्कायबाट स्नातकमा १ हजार २६ जना र स्नातकोत्तरमा ४ सय ७ जना दीक्षित भएका छन् ।

सम्बन्धित समाचार

किताबसँगै जीवनको सीप सिक्दै विद्यार्थी

हेटौँडा । सामान्यतया घरमा आमाबुबाले छोराछोरीलाई नयाँ कुरा सिकाउँछन्। तर हेटौँडा उपमहानगरपालिका–१८ हर्नामाडीकी सपना ढुङ्गानाको घरमा केही दिनअघि फरक अनुभव भयो। कक्षा ४ मा अध्ययनरत छो…

बसन्त भण्डारी

सोलुखुम्बुको फेरिचेमा दुई हेलिकोप्टर ठोक्किएर दुर्घटना, एक विदेशी नागरिकको मृत्यु

काठमाडाैँ। सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–४ स्थित फेरिचेमा दुईवटा हेलिकोप्टर एकापसमा ठोक्किएर दुर्घटना हुँदा एकजना विदेशी नागरिकको मृत्यु भएको छ। ​फेरिचे हेलिप्याडमा अव…

इन्फो डेस्क

Latest in English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

पहिरोले सोलुखुम्बुकाे इङ्खु नदी थुनियो, तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह

मकवानपुर । सोलुखुम्बुको महाकुलुङ गाउँपालिका–१ चेरेम गाउँमुनि पहिरो खस्दा इङ्खु नदीको बहाव रोकिएको छ। नदीको बहाव रोकिएर अस्थायी बाँध बनेपछि फुटेर जोखिम निम्तन सक्ने भन्दै सतर्कता अप…

इन्फो डेस्क