इन्फो नेपाल — सञ्चारको सञ्जाल

पेट्रोलको मूल्य बढ्यो, डिजेल र मट्टितेलको मूल्य घट्यो

काठमाडौँ | नेपाल आयल निगमले शनिबार पेट्रोलियम पदार्थहरूको नयाँ मूल्य समायोजन गरेको छ। यस निर्णयअनुसार, पेट्रोलको मूल्य १ रुपैयाँले बढाइएको छ भने डिजेल र मट्टितेलको मूल्य ४ रुपैयाँले घटाइएको छ।

अब पेट्रोलको मूल्य नेपालका विभिन्न वर्गका स्थानहरूमा फरक–फरक दरमा लागू हुनेछ। पहिलो वर्गका स्थानहरूमा पेट्रोलको मूल्य १६५.४० रुपैयाँ, दोस्रो वर्गका स्थानहरूमा १६७ रुपैयाँ र तेस्रो वर्गका स्थानहरूमा १६८ रुपैयाँ पर्न लागेको छ। यसैगरी, डिजेल र मट्टितेलको मूल्य पहिलो वर्गका स्थानहरूमा १५३.५० रुपैयाँ, दोस्रो वर्गमा १५५ रुपैयाँ र तेस्रो वर्गमा १५६ रुपैयाँ हुनेछन्।

नयाँ मूल्य आज राति १२ बजेदेखि लागू हुनेछन्। यस अनुसार, पहिलो वर्गका क्षेत्रहरूमा पेट्रोलियम पदार्थ उठाउने पम्प र बिक्रेताहरूमा चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलवारी, नेपालगञ्ज, धनगढी र बीरगञ्ज डिपो रहेका छन्। दोस्रो वर्गमा सुर्खेत र दाङका डिपोहरू रहेका छन् भने तेस्रो वर्गमा काठमाडौँ, पोखरा र दीपायलका डिपोहरू रहेका छन्।

यो पनि:-  https://infonepalonline.com.np/news/50394/

सम्बन्धित समाचार

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

मुकुल ढकाल र निशा डाँगी विवाह बन्धनमा बाँधिँदै

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा. मुकुल ढकाल र सहमहामन्त्री एवं प्रतिनिधिसभा सदस्य निशा डाँगी आगामी मंसिर १० गते विवाह बन्धनमा बाँधिने भएका छन्…

इन्फो डेस्क