इन्फो नेपाल — सञ्चारको सञ्जाल

पेट्रोलको मूल्य १८३ र ग्यास साढे २२ सय...

काठमाडौ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई १० बुादे प्रस्ताव पठाउादै निगमले आइतबार पनि सार्वजनिक बिदा थप्न सुझाव दिएको हो । बिदाका दिन सवारीसाधनको प्रयोग कम हुने भएकाले तेलको खपत पनि कम हुने निगमको भनाई छ । अन्तराष्ट्रिय वजारमा बढ्दै गएको इन्धनको मुल्यले नेपालमा पनि असर गरेको छ । नेपाल आयल निगमलाई माग धान्न समस्या भएको छ । जसका कारण निगमले इन्धनको खपत घटाउने वारे सरकारलाई सुझाव दिएको छ । निगमले इन्धनको खपत घटाउनका लागि शनिबार र आइतबार सार्वजनिक बिदाको प्रस्ताव गरेको छ । निगमले नीजि सवारी साधन पनि कम चलाउनका लागि जोर बिजोर प्रणाली लागू गराउन भनेको छ । जोर बिजोर प्रणाली हुादा तेलको खपत कम हुन गई निगमको घाटा र देशको ब्यापार घाटामा समेत सकारात्मक प्रभाव पर्ने निगमको बुझाइ छ । निगमको प्रस्तावअनुसार अहिले १५५ रूपैयाँमा बिक्री भइरहेको पेट्रोलको लागत मूल्यअनुसार १८३ रूपैयाँ प्रतिलिटर पुगेको छ । निगमको घाटा कम गर्न उक्त लागत मूल्य लिन पाउनुपर्ने निगमको भनाइ छ । हाल प्रतिसिलिण्डर १५७५ मा बिक्री भइरहेको ग्यासको लागत मूल्य पनि २२४० पुगेकोले सोही मूल्यमा बिक्री गर्न पाउनुपर्ने माग निगमले गरेको छ । इन्धनमा लाग्दै आएको भन्सार शुल्क, मूल्य अभिवृद्धि कर र पूर्बाधार शुल्क लगायतमा सरकारले प्रतिलिटर १५ रुपैयाँ घटाउन निगमले माग गरेको छ । इन्धनको मूल्य वृद्धिमा उपभोक्तालाई बचाउन र निगमलाई जोगाउन निगमले १० बुँदे प्रस्ताव मन्त्रालयमा पठाएको हो । पेट्रोल र डिजलबाट चल्ने सवारी साधनको आयातलाई निरुत्साहित गर्न विद्युतीय सवारी साधनमा प्रोत्साहन गर्न, खाना पकाउने एलपी ग्यासको प्रयोग नगरी विद्युतीय चुलो प्रयोग गर्न सरकारबाटै सार्वजनिक आह्वानको प्रस्ताव निगमले गरेको छ । इन्धनको करसँगै एलपी ग्यासमा प्रतिसिलिन्डर २ सय रुपैयाँ शुल्क मिनाहा गर्नुपर्ने र बाँकी घाटा मूल्य समायोजनबाट मिलान गर्नुपर्ने निगमले जनाएको छ । रुस र युक्रेनबीच जारी युद्धका कारण अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य अत्याधिक बढेको छ । विश्व बजारमा कच्चा तेल प्रति ब्यारेल १ सय डलर माथि कारोबार भइरहेको छ ।

सम्बन्धित समाचार

नुवाकोटमा हेलिकप्टर दुर्घटना, पाँच जनाको मृत्यु

काठमाडौं । नुवाकोटको शिवपुरी गाउँपालिका वडा नम्बर-७ सूर्यचौरमा हेलिकप्टर दुर्घटना भएको छ । काठमाडौँबाट अपराहन्न १ बजेर १४ मिनेटमा नुवाकोटको स्याफ्रोबेसीको लागि उडेको एयर डाइनेस्टीक…

इन्फो नेपाल संवाददाता

साउन २२ गते मङ्गलवारको भाग्यफल

मेष, मिथुन, कर्कट र वृश्चिक राशिका लागि सकारात्मक दिन। मेषलाई हैसियत बृद्धि, मिथुनलाई आम्दानी वृद्धि, कर्कटलाई प्रसिद्धि र सम्मान, वृश्चिकलाई कारोबारमा फाइदा हुनेछ। सिंह, तुला, धनु…

ज्यो. प. धुर्वराज सुबेदी

English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

त्रिशूली दुर्घटनामा बेपत्ता युवतीको कुशको शव बनाइ अन्त्येष्टि

बारा | गत शुक्रबार चितवनको सिमलतालमा भएको बस दुर्घटनामा बेपत्ता भएकी एक युवतीको कुशको शव बनाएर अन्तिम संस्कार गरिएको छ। त्रिशूली नदीमा बससँगै खसेको आठ दिनपछि पनि फेला नपरेपछि बाराक…

इन्फो नेपाल संवाददाता