इन्फो नेपाल — सञ्चारको सञ्जाल

पेट्रोलियम पदार्थको मूल्य वृद्धिको विरोधमा राँके जुलुस

काठमाडाैं । पेट्रोलियम पदार्थको मूल्य वृद्धिको विरोध गर्दै राप्रपा नेपालको भातृ संगठनले निकाले राँके जुलुस गरेकाे छ । राप्रपा नेपाल सम्वद्ध जनवर्गिय संगठनहरुले पेट्रोलियम पदार्थको चर्को मूल्य वृद्धिको विरोध गर्दै अहिले साँझ राँके जुलुस प्रदर्शन गरेका हुन् । काठमाडौंको विशालनगरबाट शुरु भएको जुलुस भाटभटेनी हुँदै बालुवाटार प्रवेश गरेको थियो । बालुवाटार राष्ट्र बैंक अगाडिबाट बढ्न खोज्दा प्रहरीले हस्तक्षेप गरेको पार्टीका केन्द्रिय सदस्य पुरु दाहालले जानकारी दिए । जुलुसमा मुल्य वृद्धि तत्काल फिर्ता लिनुपर्ने, कालोबजारी र भ्रष्टाचारको अन्त्य हुनुपर्ने, भ्रष्ट ,दलाल , घुसखोरलाई कार्बाही हुनुपर्ने जस्ता नारा लागेको थियो । युबा संगठनका अध्यक्ष कैलाश कटुवालले मूल्य वृद्धि फिर्ता नलिए विरोध थप चर्काएर लैजान्ने बताए । जुलुशलाई कटवाल लगायत युवामोर्चाका नेता गृश्म विक्रम मल्ल , विद्यार्थी संगठनका चेतराज सिंह, सचिन अधिकारीलगायत नेताले नेतृत्व गरेका थिए । पार्टीका उपाध्यक्ष लाक्पा तामाङ लगायत पार्टी नेताहरुसमेत जुलुसमा सहभागी भएका थिए ।

सम्बन्धित समाचार

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

मुकुल ढकाल र निशा डाँगी विवाह बन्धनमा बाँधिँदै

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा. मुकुल ढकाल र सहमहामन्त्री एवं प्रतिनिधिसभा सदस्य निशा डाँगी आगामी मंसिर १० गते विवाह बन्धनमा बाँधिने भएका छन्…

इन्फो डेस्क