इन्फो नेपाल — सञ्चारको सञ्जाल

पेट्रोलियम पदार्थको मूल्य वृद्धि फिर्ता लिन युवा संघको माग

 

राष्ट्रिय युवा संघ, नेपाल खोटाङले पेट्रोलियम पदार्थको मूल्य वृद्धि फिर्ताको माग गरेको छ । बिहीबार जिल्ला प्रशासन कार्यालयमार्फत नेपाल सरकार उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई ज्ञापनपत्र पठाउँदै राष्ट्रिय युवा संघले पेट्रोलियम पदार्थको मूल्य वृद्धिले देशका सबै क्षेत्रमा महँगी बढ्न जाँदा सेवाग्राही र नेपाली जनता प्रत्यक्ष मारमा परेको भन्दै तत्काल मूल्य वृद्धि फिर्ता लिन माग गरेको हो । 

राष्ट्रिय युवा संघका जिल्ला अध्यक्ष रसकुमार राईले प्रमुख जिल्ला अधिकारी फणिन्द्र दाहाललाई बुझाएको ज्ञापनपत्रमा पेट्रोल, डिजेल, मट्टीतेल, खाना पकाउने ग्यास, हवाई इन्धन जस्ता पेट्रोलियम पदार्थमा भएको मूल्य वृद्धिले नेपाली जनताको आधारभूत आवश्यकताप्रति परमादेश सरकार गैरजिम्मेवार बनेको तथ्य प्रमाणित भएको उल्लेख छ ।     

अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य बढ्दा नेपालमा पनि बढाउने तर अन्तर्राष्ट्रिय बजारमा मूल्य घट्दा नेपालमा नघटाई सधैँ घाटा देखाएर भ्रष्टाचार गर्ने उद्देश्यले वर्तमान सरकारले पटक पटक मूल्य वृद्धि गरेको भन्दै संघले भर्त्सना गरेको छ । आफ्नो माग पूरा नभए परमादेश सरकारको स्वेच्छाचारी कदमविरुद्ध जस्तोसुकै कदम चाल्न बाध्य हुने राष्ट्रिय युवा संघका अध्यक्ष राईले चेतावनी दिए । 

गठबन्धन सरकारको निर्देशनमा नेपाल आयल निगमले १२ दिनकै अन्तरालमा २४ कात्तिकमा पेट्रोल, डिजेल र मट्टीतेलमा तीन रुपैयाँ, हवाई इन्धनमा पाँच रुपैयाँ र एलपी ग्यासमा ७५ रुपैयाँ मूल्य वृद्धि गरेको थियो ।

गत २८ कात्तिकमा ज्ञापनपत्र बुझाउँदै अनेरास्ववियु खोटाङले पनि पेट्रोलियम पदार्थको मूल्य वृद्धि फिर्ता लिन माग गरेको थियो । (क्याप्सन : पेट्रोलियम पदार्थको मूल्य वृद्धि फिर्ताको मागमा प्रमुख जिल्ला अधिकारी फणीन्द्र दाहाललाई ज्ञापनपत्र बुझाउँदै राष्ट्रिय युवा संघका अध्यक्ष रसकुमार राई ।) 

सम्बन्धित समाचार

दानबहादुर कार्कीको रिटमा कारण देखाऊ आदेश

काठमाडाैँ । सर्वोच्च अदालतले निवर्तमान प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीलाई पदबाट हटाउने सरकारको निर्णयविरुद्ध दायर रिटमा कारण देखाऊ आदेश जारी गरेको छ। न्यायाधीश श्रीकान…

इन्फो डेस्क

पूर्वशिक्षामन्त्री सुमना श्रेष्ठले काठमाडौँ महानगरको मेयरमा उम्मेदवारी दिने

काठमाडाैँ । पूर्वशिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले आगामी स्थानीय तह निर्वाचनमा काठमाडौँ महानगरपालिकाको मेयर पदमा उम्मेदवारी दिने घोषणा गरेकी छिन्। ​बुधबार सामाजिक…

इन्फो डेस्क

Latest in English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

जनताको समर्थनबाट एमाले पुनः सरकारमा फर्किन्छ : अध्यक्ष ओली

काठमाडाैँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टी पुनः सरकारमा फर्किने दाबी गरेका छन्। बुधबार काठमाडौंमा सुरु भएको पार्टीको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै उनले जन…

इन्फो डेस्क