इन्फो नेपाल — सञ्चारको सञ्जाल

पेट्रोल, डिजल र ग्यासको मूल्य बढ्यो

काठमाडौं: सरकारले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ। नेपाल आयल निगमले पेट्रोल, डिजल र ग्यासको मूल्यमा वृद्धि गरेको हो। निगमका अनुसार, पेट्रोलमा प्रति लिटर ४ रुपैयाँ, डिजल र मट्टीतेलमा प्रति लिटर २ रुपैयाँ र ग्यासमा प्रति सिलिन्डर १५ रुपैयाँले मूल्य बढेको छ। बुधबार बसेको निगमको सञ्चालक समितिको निर्णयअनुसार नयाँ मूल्य मंगलबारदेखि मध्यराति १२ बजेदेखि लागू हुनेछ। इन्डियन आयल कर्पोरेशनबाट बुधबार प्राप्त नयाँ खरिद मूल्य अनुसार पेट्रोलियम पदार्थको मूल्य बढाइएको निगमले जनाएको छ। विश्वबजारमा कच्चा तेलको मूल्य बढ्दा नेपालमा पनि मूल्य वृद्धि गर्नुपरेको जनाईएको छ । यसअघि गत मंसिर १५ गते पेट्रोलियम पदार्थको मूल्यमा वृद्धि भएको थियो। त्यसयता लामो समयसम्म मूल्य संशोधन नभएकाले अब मूल्य बढाउनु परेको निगमले जनाएको छ। यो मूल्य वृद्धिले गर्दा ग्राहकलाई थप आर्थिक भार पर्नेछ। तर, विश्वबजारमा मूल्य बढ्दा आयात खर्च बढ्ने भएकाले सरकारले मूल्य बढाउनुपरेको निगमको भनाई छ।

सम्बन्धित समाचार

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

अर्को वर्षदेखि पर्वतीय जलवायु कार्यक्रम सञ्चालन गर्न नेपालको प्रस्ताव

मकवानपुर । नेपालले सन् २०२७ देखि पर्वतीय क्षेत्र र जलवायु परिवर्तनसम्बन्धी छुट्टै कार्यक्रम सञ्चालन गर्न कोप–३१ को निर्णय मस्यौदामा तीनबुँदे प्रस्ताव पेस गर्ने भएको छ। जलवायु परिवर…

इन्फो डेस्क

Latest in English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

आज विराटनगरको हावा अत्यधिक दूषित,देशका धेरैजसो शहरमा प्रदूषण बढ्यो

काठमाण्डौँ । काठमाडौँ उपत्यकासहित देशका विभिन्न सहरमा वायु प्रदूषणको मात्रा ह्वात्तै बढेको छ। आज बिहान देशका अन्य सहरहरूको तुलनामा विराटनगरको वायु सबैभन्दा बढी अस्वस्थ मापन गरिएको…

इन्फो डेस्क