इन्फो नेपाल — सञ्चारको सञ्जाल

पेट्रोल, डिजेल र हवाई इन्धनको मूल्य घट्यो

काठमाडौं – नेपाल आयल निगमले पेट्रोल, डिजेल र हवाई इन्धनको मूल्य घटाएको छ । निगमको सञ्चालक समितिको बैठकले आइतबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्य घटाएको हो । निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ३/३ रुपैयाँ घटाएको हो । अहिले पेट्रोलको मूल्य प्रतिलिटर १७५ रुपैयाँ र डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १७२ रुपैयाँ छ । निगमले हवाई इन्धनको मूल्य उच्च दरमा घटाएको छ । हवाई इन्धनको मूल्य प्रतिलिटर ३० रुपैयाँ र आन्तरिक इन्धनमा प्रतिलिटर २० रुपैयाँले घटाइएको छ । हवाइ इन्धनमा बढी नाफाका कारण यात्रुले आन्तरिक तथा अन्तर्राष्ट्रिय उडानमा चर्को शुल्क तिर्नुपरेको थियो । हवाई इन्धनमा चर्को शुल्क लिएको चौतर्फी आलोचनापछि आइतबार बसेको सञ्चालक समितिको बैठकले भाउ घटाउने निर्णय गरेको हो । अब हवाई इन्धनको आन्तरिक मूल्य १७० रुपैयाँ तोकिएको छ । खाना पकाउने एलपी ग्यासको मूल्य भने यथावत राखिएको निगमले जनाएको छ । ग्यासको उच्च घाटाका कारण मूल्य घटाउन नसकेको निगमले जनाएको छ । मधुकुमार मरासिनीले वाणिज्य तथा आपूर्ति सचिवको जिम्मेवारी सम्हालेपछि आइतबार बसेको बैठकले भाउ घटाउने निर्णय गरेको हो ।

सम्बन्धित समाचार

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

मुकुल ढकाल र निशा डाँगी विवाह बन्धनमा बाँधिँदै

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा. मुकुल ढकाल र सहमहामन्त्री एवं प्रतिनिधिसभा सदस्य निशा डाँगी आगामी मंसिर १० गते विवाह बन्धनमा बाँधिने भएका छन्…

इन्फो डेस्क