इन्फो नेपाल — सञ्चारको सञ्जाल

पैसा नतिरी विश्वकप लाइभ हेर्न सकिने

काठमाडौं । नेपालमा पहिलोपटक रु. ५००(भ्याटबाहेक) शुल्क तिरेर मात्रै आफ्नो टिभी सेटमा फुटबलको विश्वकपका खेलहरु हेर्न सकिने व्यवस्था गरिएको छ । चौतर्फी विरोधका बाबजुद केही समय सर्वोच्च अदालतले यस्तो व्यवस्थामा रोक लगाउने विश्वास गरिएको थियो । तर, आफैंले दिएको त्यस्तो व्यवस्थाविरुद्धको अन्तरिम आदेश खारेज भएसँगै अहिले सेवाप्रदायकहरुले फुटबलप्रेमीहरुसँग धमाधम शुल्क असूलिरहेका छन् । तर, यदि तपाईसँग पैसा छैन वा तिर्न चाहनुहुन्न भने निःशुल्क विश्वकप फुटबल हेर्ने उपाय पनि उपलब्ध छ । हालै विश्वको विश्वसनीय र बलियो सामाजिक सञ्जाल ट्वीटर खरीद गरेका एलन मस्कले फिफा वर्ल्डकपको उद्घाटन हुने दिन यस्तो घोषणा गरेका छन्, जसका कारण नेपाली फुटबलप्रेमीहरुले पनि राहात महसुस गर्न सक्छन् । ट्वीटरका मालिक एलन मस्कले फिफा वर्ल्डकपको उद्घाटन खेल र अन्य खेल पनि ट्वीटरमार्फत लाइभ प्रसारण गरिने घोषणा गरेका हुन् । त्यति मात्र होइन, लाइभ प्रसारणसँगै खेलको लाइभ कमेन्ट्री पनि ट्वीटरले लाइभ प्रसारण गर्नेछ ।  यसको अर्थ पैसा नै नतिरी नेपालका फुटबल प्रेमीहरुले पनि ट्वीटरमार्फत फिफा वर्ल्डकपको लाइभ तथा कमेन्ट्री पनि हेर्न र सुन्न सक्नेछन् । ट्वीटर अकाउण्ट नभएकाहरुले केहीबेरमै ट्वीटर खोलेर यो सेवा लिन सक्नेछन् । विश्वका विभिन्न देशकासहित नेपालका फुटबलप्रेमीहरुले पनि ट्वीटरका मालिकको घोषणाको प्रशंसा गर्दै सामाजिक सञ्जालमार्फत नै आभार व्यक्त गरिरहेका छन् ।

सम्बन्धित समाचार

एनपीएलको इलिमिनेटरमा आज चितवन र काठमाण्डौ खेल्दै

काठमाडाैँ । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको इलिमिनेटर खेलमा आज चितवन राइनोज र काठमाण्डौ गोर्खाजबीच प्रतिस्पर्धा हुँदैछ। खेल बेलुका ५ बजे कीर्तिपुरस्थित त्रिवि क्रिकेट रङ्गशाल…

इन्फो डेस्क

बागमती प्रदेश खेलकुद विकास परिषद्मा अधिकांश खेल संघ दर्ता छैनन्, पटक–पटकको सूचना बेवास्ता

मकवानपुर । बागमती प्रदेश खेलकुद विकास परिषद्मा अधिकांश खेल संघसंस्थाले दर्ता, आबद्धता तथा नवीकरण प्रक्रिया पूरा गरेका छैनन्। पटक–पटक सूचना जारी गरे पनि संघहरूले बेवास्ता गरेपछि परि…

इन्फो डेस्क

Latest in English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

एनपीएलको पहिलो क्वालिफायरमा आज लुम्बिनी र सुदूरपश्चिम खेल्दै

काठमाडाैँ । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको पहिलो क्वालिफायरमा आज साविक उपाधि विजेता लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स खेल्दैछन् । यो खेल बेलुकी ५ बजे कीर्तिपुरको त्रिवि अ…

इन्फो डेस्क