इन्फो नेपाल — सञ्चारको सञ्जाल

पैसा राखेर नमूना मतपत्र वितरण गरेको आरोपमा माओवादी कार्यकर्ता पक्राउ !

सिरहा । सिरहाको गोलबजार नगरपालिका–२ स्थित गुरुधाममा मतदातालाई पैसा बाँड्ने माओवादी केन्द्रका स्थनीय कार्यकर्तालाई सिरहा प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा स्थनीय प्रेम कुमार लामा रहेको प्रहरीले जनाएको हो । गोलबजार नगरपालिकाका खेलकुद शाखाका कर्मचारी कुसुम लामाका बुवा रहेको बताइएको छ । उनी सोही पालिकाका पूर्व मेयर तथा माओवादी केन्द्र तर्फको मेयर पदको उम्मेदवार देवनाथ साह निकटको मान्छे रहेको स्थनीयहरुको आरोप छ । पक्राउ परेका लामाले नगर पालिकाको वडास्थित गुरुधाम गाउँमा मतदलतालाई पैसा बाँड्दै गर्दा नगद रकमसहित स्थनीयले उनलाई पक्राउ गरी प्रहरीको जिम्मा लगाएका हुन् । यता इलाका प्रहरी कार्यालय गोलबजारका अनुसार पक्राउ परेका लामाबाट नगद नौ हजार बरामद भएको हो तर, उनी मतदातालाई पैसा बाँडेको भन्ने बारे पुष्टि नभएको र थप अनुसन्धान जारी रहेको बताए ।

सम्बन्धित समाचार

दानबहादुर कार्कीको रिटमा कारण देखाऊ आदेश

काठमाडाैँ । सर्वोच्च अदालतले निवर्तमान प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीलाई पदबाट हटाउने सरकारको निर्णयविरुद्ध दायर रिटमा कारण देखाऊ आदेश जारी गरेको छ। न्यायाधीश श्रीकान…

इन्फो डेस्क

पूर्वशिक्षामन्त्री सुमना श्रेष्ठले काठमाडौँ महानगरको मेयरमा उम्मेदवारी दिने

काठमाडाैँ । पूर्वशिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले आगामी स्थानीय तह निर्वाचनमा काठमाडौँ महानगरपालिकाको मेयर पदमा उम्मेदवारी दिने घोषणा गरेकी छिन्। ​बुधबार सामाजिक…

इन्फो डेस्क

Latest in English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

जनताको समर्थनबाट एमाले पुनः सरकारमा फर्किन्छ : अध्यक्ष ओली

काठमाडाैँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टी पुनः सरकारमा फर्किने दाबी गरेका छन्। बुधबार काठमाडौंमा सुरु भएको पार्टीको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै उनले जन…

इन्फो डेस्क