इन्फो नेपाल — सञ्चारको सञ्जाल

पोखरामा पनि चल्यो डोजर

पोखरा । स्थानीय तह निर्वाचनसँगै काठमाडौंमा मेयर निर्वाचित बालेन साहको डोजर अभियानको तरंग तालनगरी पोखरासम्म आइपुगेको छ । बढ्दो सहरीकरणका कारण ट्राफिक जाम बरोबर भइरहेको अवस्थामा पोखराले पनि बालेनको सिको गर्दै माददण्डविपरीत सञ्चालित अन्डरग्राउन्ड पार्किङ खाली गराउन थालेको छ । पोखरा महानगरमा करिब २ सय ५० अन्डरग्राउन्ड पार्किङ छन् । तर, अधिकांश मापदण्डविपरीत सञ्चालित छन् । महानगरले पटकपटक सूचना जारी गर्दै त्यस्ता अन्डरग्राउन्ड खाली गराउन निर्देशन दिए पनि कतिपयले अटेर गरेकामा महानगरले मंगलबारदेखि डोजर चलाउन थालेको हो । त्यसको सुरुवात पोखराको मुख्यबजार महेन्द्रपुल–चिप्लेढुंगादेखि भएको छ । सेलवेज टावरको बेसमेन्टमा सञ्चालनमा रहेको विगबजार भने स्थानान्तरणको क्रममा रहेकाले सोका लागि ७२ घण्टाको अल्टिमेटम दिइएको छ । रातदिन काम गरेर भए पनि पार्किङ खाली गर्न मेयर धनराज आचार्यले सञ्चालकलाई निर्देशन दिएका छन् । महेन्द्रपुल गरिमा विकास बैंकको शाखालाई समेत तत्काल स्थानान्तरण गरी भूमिगत पार्किङ खाली गर्न महानगरपालिकाका प्रमुख आचार्यले निर्देशन दिए । सांकेतिक रूपमा बैंकका अगाडि रहेको फलामको रेलिङ बार भत्काइदिएको छ । महेन्द्रपुलमै रहेको हुलाक निर्देशनालयको कम्पाउन्डसमेत एक साताभित्र नहटाए महानगरपालिका आफैंले हटाउने जनाएको छ । महेन्द्रपुलस्थित सीता भवन र मोबाइल टावरको बेसमेन्ट भने खाली भइसकेको छ । लेकसाइड क्षेत्रका व्यवसायीले भने आफ्ना बेसमेन्टलाई पार्किङकै रूपमा प्रयोग गरिरहेका छन् । नयाँबजार क्षेत्रमा रहेका भूमिगत पार्किङमा अहिले पनि प्रेसदेखि गाडीका सोरुम तथा पार्टपुर्जा बिक्री र मर्मतसम्म सञ्चालनमा रहेको पाइएको छ । तिनीहरूलाई पनि महानगरपालिकाले क्रमशः हटाउँदै जाने जनाएको छ । महेन्द्रपुलदेखि सिद्धार्थचोकका भूमिगत पार्किङलाई दुईपांग्रे र न्युरोड क्षेत्रमा रहेका पार्किङमा कार पार्किङका रूपमा प्रयोग गर्ने योजना बनाइएको प्रमुख आचार्यले बताए । सडकको पार्किङलाई व्यवस्थापन गर्नेगरी काम थालिएको उनको भनाइ छ । महानगरका अन्डरग्राउन्ड पार्किङलाई पार्किङकै रूपमा प्रयोग गरिए सडकमा हुने अव्यवस्थित पार्किङ र ट्राफिक जामको समस्यामा कमी आउने महानगरको विश्वास छ । राजधानी दैनिक

सम्बन्धित समाचार

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

मुकुल ढकाल र निशा डाँगी विवाह बन्धनमा बाँधिँदै

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा. मुकुल ढकाल र सहमहामन्त्री एवं प्रतिनिधिसभा सदस्य निशा डाँगी आगामी मंसिर १० गते विवाह बन्धनमा बाँधिने भएका छन्…

इन्फो डेस्क