इन्फो नेपाल — सञ्चारको सञ्जाल

पोखरामा फेला परे ‘हराइरहेका’ भनिएका हायू परिवारका १५ सदस्य

पोखरा |  केही दिनदेखि हराएको भनिएको हायू परिवारका १५ जना सदस्य पोखराको गगनगौंडा क्षेत्रमा फेला परेका छन्। कास्की प्रहरीले उनीहरूलाई गौँडगौडास्थित एक स्थानीयको घरमा बसेको अवस्थामा नियन्त्रणमा लिएको हो।

कास्कीका प्रहरी प्रमुख एसपी श्यामबाबु ओलियाका अनुसार, फेला परेका सबैले सिन्धुलीबाट पोखरा आइपुगेको र यहाँ मजदुरीको काम खोज्न आएको बताएका छन्। प्रहरीले उनीहरूलाई गगनगौंडाका स्थानीयवासी सोमनाथ पौडेल र चन्द्र भण्डारीको घरमा बसिरहेको अवस्थामा पत्ता लगाएको हो।

‘हामी मजदुरी गर्न आएको हौं,’ प्रहरीलाई दिएको बयानमा उनीहरूले भने, ‘काम खोज्ने उद्देश्यले पोखरा आएका हौं।’

ओलियाका अनुसार, उनीहरूले सिन्धुलीबाट गाडी नै रिजर्भ गरेर पोखरा आएका थिए। पोखरा आएपछि पहिलो दिन होटलमा बसेका उनीहरूले भोलिपल्ट होटलबाट चेकआउट गरेर स्थानीयको घरमा सरेका थिए। प्रहरीले त्यसको भोलिपल्ट उनीहरूलाई नियन्त्रणमा लिएको हो।

‘१४–१५ दिन बस्ने योजनासहित पोखरा आएका थिए,’ ओलियाले भने, ‘उनीहरू हाल इलाका प्रहरी कार्यालयमा राखिएको छ र थप अनुसन्धान भइरहेको छ।’

यसअघि उनीहरू हराएको भन्ने सूचना सार्वजनिक भएपछि परिवारका बारेमा चासो बढेको थियो। तर, प्रहरी अनुसन्धानबाट उनीहरू योजनाबद्ध रूपमा पोखरा आएको पुष्टि भएको हो।

प्रहरीका अनुसार उनीहरूका साथमा कुनै आपराधिक उद्देश्य भेटिएको छैन, तर नियमनका लागि सोधपुछ जारी राखिएको छ।

सम्बन्धित समाचार

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

मुकुल ढकाल र निशा डाँगी विवाह बन्धनमा बाँधिँदै

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा. मुकुल ढकाल र सहमहामन्त्री एवं प्रतिनिधिसभा सदस्य निशा डाँगी आगामी मंसिर १० गते विवाह बन्धनमा बाँधिने भएका छन्…

इन्फो डेस्क