पोखरा: पोखरामा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेमाथि खोया प्रहार भएको छ । पोखराको अमरसिंह चौरमा रास्वपाले आयोजना गरेको कार्यक्रममा सभापति लामिछानेमाथि मकैको खोया प्रहार भएको हो ।
लमजुङका २८ वर्षीय सन्तोष रानाभाटले भाषण गरिरहेका लामिछानेलाई खोया प्रहार गरेको बताइएको छ । ती व्यक्तिलाई नियन्त्रणमा लिएको कास्की प्रहरीले जनाएको छ ।
जोगाएर राख्छु..
सम्बोधनकै क्रममा आफूमाथि खोया प्रहार भएपछि सभापति लामिछानेले खोयालाई जोगाएर राख्ने बताए । उनले भने, ‘मैले आजसम्म सर्टिफिकेट घरको भित्तामा झुण्ड्याएर राखेको छैन । मेरो सपना पूरा नभएसम्म मैले यो मकैको घोगालाई आफ्नो घरमा झुन्डाएर राख्नेछु ।’
‘तबसम्म सजाएर राख्नेछु, तपाईँ हामीले देखेको साझा सपना पूरा हुने छैन ।’ उनले भने ‘कुहिन, झर्न दिन्न, जोगाएर राख्नेछु ।’
उनले खोया प्रहारबाट आफ्नो इरादा नबदलिने पनि बताए । ‘कसैले हिलो छ्यापोस् कसैले ढुंगा हानोस् मेरो इरादा बदलिनेवाला छैन ।’ उनले भने, ‘यी मैले अनुमान गरेकै आक्रमण हुन् । आज गरिएको प्रहारको बदलामा एउटा फूल यहाँ छाडेर जाँदैछु ।’
‘जसले खटाएर प्रहार गरिएको हो, मनबाट गल्ती भएछ भन्ने स्वयंलाई महसुस हुनेगरी काम गरेर देखाउँछु । आजको दिन मेरा लागि अविस्मरणीय रहनेछ ।’ सभापति लामिछानेले भने, हरेक आक्रमणको सामना गरेर मुलुकको सेवा गर्दै जाने एउटा अठोटको फल आज मैले पाएको छु । म यो फललाई जोगाएर राख्नेछु । उहाँको केही दोष छैन ।’
‘यो आक्रोशको अभिव्यक्ति हो । विनम्रतापूर्वक सुरक्षाकर्मी साथीहरुलाई आग्रह छ, फूल दिएर घर पुर्याइदिनुहोला ।’
बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।
हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…
KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…
मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा. मुकुल ढकाल र सहमहामन्त्री एवं प्रतिनिधिसभा सदस्य निशा डाँगी आगामी मंसिर १० गते विवाह बन्धनमा बाँधिने भएका छन्…