इन्फो नेपाल — सञ्चारको सञ्जाल

पोस्टमा'र्टम रिपोर्ट : लेटाङ घटनामा ‘गो'ली लागेर’ प्रहरी जवान श्रेष्ठको मृत्यु

विराटनगर । मोरङको लेटाङ घटनामा प्रहरी जवान उर्मिला श्रेष्ठको गो'ली लागेर मृत्यु भएको खुलेको छ । चैत ६ गते एक शिक्षकले विद्यार्थीमाथि दु'र्व्यवहार गरेको घटनापछि हिं'सा भ'ड्कँदा भएको झडपमा २६ वर्षीय श्रेष्ठको मृत्यु भएको थियो । त्यतिबेला उनको धारिलो ह'तियार प्'रहारबाट मृत्यु भएको बताइएको थियो । तर, पोस्टमार्टम रिर्पोटमा उनको गो'ली लागेर मृत्यु भएको खुलेको हो । श्रेष्ठको कोशी अस्पताल विराटनगरमा गरिएको पोस्टमा'र्टम रिपोर्टमा ‘सक प्रिजेन्ट बाई फाइयर आम इन्जुरी’ भन्ने उल्लेख छ । प्रहरीले गरेको लामो अनुसन्धानपछि सरकारी वकिलको कार्यालयमा बुझाइएको अनुसन्धान प्रतिवेदनमा वनि श्रेष्ठको शरीरबाट गो'ली निकालिएको उल्लेख छ । श्रेष्ठमाथि लागेको गो'ली नेपाल प्रहरीको विधि विज्ञान प्रयोगशाला परीक्षण गर्दा त्यो प्रहरीको ह'तियारबाट निस्केको गो'लीसँग नमिलेको जनाइएको छ । घटना भएको दिन प्रहरीको तीनवटा ह'ति'यारबाट फा'यर खुलेको भए पनि श्रेष्ठको शरीरमा भएको गोली प्रहरीको ह'ति'यारबाट चलेको पुष्टि हुन नसकेको जिल्ला सरकारी वकिलको कार्यालय मोरङका जिल्ला न्यायाधिवक्ता रामहरि शर्मा काफ्लेले बताए । प्रदर्शनकारीबाटै प्रहरीमाथि गोली चलाइएको देखिन आएको प्रहरी अनुन्धानबाट खुलेको छ । घटनामा संलग्न भएको आ'रोपमा हालसम्म ६३ जना पक्राउ परेका छन् । तीमध्ये १६ जना बालबालिका छन् । १५ जना बालकलाई अ'भद्र व्य'वहार, उमेर पुगेका सवालक १४ जनालाई क'र्तव्य ज्यान, ३२ जनालाई अ'भद्र व्य'वहारको मुद्दा चलाउने तयारी रहेको बताइएको छ ।

सम्बन्धित समाचार

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

मुकुल ढकाल र निशा डाँगी विवाह बन्धनमा बाँधिँदै

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा. मुकुल ढकाल र सहमहामन्त्री एवं प्रतिनिधिसभा सदस्य निशा डाँगी आगामी मंसिर १० गते विवाह बन्धनमा बाँधिने भएका छन्…

इन्फो डेस्क