इन्फो नेपाल — सञ्चारको सञ्जाल

पौवादुङमाको तिवारीभञ्याङ–अधेँरीघाट सडक कालोत्रपसँगै प्रशासनिक भवन शिलान्यास

भोजपुर / भोजपुरको पौवादुङमा गाउँपालिकामा तिवारीभञ्याङ–अधेँरीघाट सडक कालोपत्र र प्रशासनिक भवनको शिलान्यास गरिएको छ । तिवारीभञ्याङ–अधेँरीघाट पञ्चकन्या कृषि सडक कालेपत्र र गाउँपालिका केन्द्र च्याङ्ग्रेमा बन्न लागेको प्रशासनिक भवनको बुधबार गाउँपालिका अध्यक्ष किरण राईले शिलान्यास गरेका हुन् । तिवारीभञ्याङ–अधेँरीघाट पञ्चकन्या कृषि सडकको ३१ किलोमिटर सडक मध्ये गाउँपालिका केन्द्रसम्मको तीन किलोमिटर सडकको दुई प्याकेजमा कालोपत्र गर्ने गरी कामको थालनी गरिएको गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत नवीन भट्टराईले जानकारी दिए । तिवारीभञ्याङको शुन्य विन्दुबाट वडा नं २ को स्वास्थ्य चौकीसम्म एक प्याकेज र स्वास्थ्य चौकीबाट गाउँपालिका केन्द्रसम्म दोश्रो प्याकेजमा काम भईरहेको उनले बताए । पहिलो प्याकेजको सडक डिभिजन कार्यालय तुलिम्टारको भ्याटसहित रु. एक करोड र दोश्रो प्याकेजको भ्याटसहित रु. चार करोड दुई लाख लागत रहेको प्रशासकीय अधिकृत भट्टराईको भनाइ छ । सडक संघिय समपुरक अनुदान, प्रदेश समपुरक अनुदान र गाउँपालिकाको लागत साझेदारीमा कालोपत्र गर्न लागिएको हो । पहिलो चरणमा एक हजार तीन सय मिटर कालोपत्र गरिनेछ । सडक कालोपत्र सम्पन्नको अन्तिम अवधि २०८१ साल असार २० गते सम्म रहेको छ । पहिलो चरणमा गाउँपालिका केन्द्रसम्म कालोपत्र गरिने भएपनि आफ्नो कार्यकाल भित्र ३१ किलोमिटर सडक नै कालोपत्र गर्ने लक्ष्य रहेको गाउँपालिका अध्यक्ष किरण राईले बताए । विगत वर्षहरुबाट नै यसको स्तरोन्नतीको काम भईरहेको भएपनि यो वर्षबाट गाउँपालिका केन्द्रसम्म कालोपत्र गर्ने लक्ष्यले शिलान्यास गरेको उनको भनाइ छ । प्रशासनिक भवन तीन वर्षमा सम्पन्न गरि सक्ने गरी केन्द्र सरकार र गाउँपालिकाको लागत साझेदारीमा रु.छ करोड ८८ खाल लागतमा निर्माण थालिएको गाउँपालिकाले जनाएको छ । भवन निर्माणमा ४० प्रतिशत अर्थात रु. दुई करोड ७५ लाख गाउँपालिकाको लागत साझेदारी रहेको छ । भवन निर्माणको जिम्मा आवरण मेटल इन्जिनियरिङ कन्ट्रक्सन प्रालि भरतपुर चिवतनले लिएको छ । विगत वर्षहरुबाट नै यसको स्तरोन्नतीको काम भईरहेको भएपनि यो वर्षबाट गाउँपालिका केन्द्रसम्म कालोपत्र गर्ने लक्ष्यले शिलान्यास गरेको उनको भनाइ छ । यो सडक पौवादुङमाको गौरवको योजना रहेकोले प्राथमिकताका साथ कामलाई अघि बढाएको अध्यक्ष राईको भनाइ छ । सडक नालीसहित ८ मिटरको हुने निर्माण कम्पनी एवाई आनन्न जेभी धनकुटाले जनाएको छ । प्रिमिक्स प्राविधिबाट यो सडकको कालोपत्र हुने जनाइएको छ । तोकिएको मापदण्ड अनुसार सडकलाई समयमा सम्पन्न गराउने निर्माण कम्पनीले प्रतिबद्धता जनाएको छ । तीन तले प्रशासनिक भवनमा सभाहलसहित २२ ओटा कोठा र व्यापारिक प्रयोजनको लागि १८ ओटा सटर रहने गाउँपालिकाका इन्जिनियर सोभित घिमिरले बताए ।

सम्बन्धित समाचार

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

मुकुल ढकाल र निशा डाँगी विवाह बन्धनमा बाँधिँदै

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा. मुकुल ढकाल र सहमहामन्त्री एवं प्रतिनिधिसभा सदस्य निशा डाँगी आगामी मंसिर १० गते विवाह बन्धनमा बाँधिने भएका छन्…

इन्फो डेस्क