इन्फो नेपाल — सञ्चारको सञ्जाल

पौवादुङमामा फुसको छानो हटाउने अभियान शुरु

इटहरी- भोजपुरको पौवादुङमा गाउँपालिकाले नागरिकको फुसको छानो हटाउने अभियानको शुरुआत गरेको छ । गाउँपालिकाले पहिलो चरणमा यहाँका तीन सय गरिव तथा विपन्न परिवारलाई छानो वितरण थालेको हो । गाउँपालिकाले फुसको छानो हटाउने सम्वन्धि कार्यविधि तयार गरेर छानो हटाउने अभियानको थालनी गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नविन भटट्राईले जानकारी दिए । मंगलबार वडा नं १ श्यामशिलाका नागरिकलाई जस्तापाता वितरण गरेर अभियानको थालनी गरिएको उनले बताए । गाउँपालिका भित्रका मापदण्डमा परेका मध्येबाट छ वटै वडाका गरिव, विपन्न, जेष्ठ, एक महिला तथा दलित परिवारको छानो हटाउन शुरु गरिएको उनको भनाइ छ । गाउँपालिकाले यो आर्थिक वर्षमा रु. एक करोडको बोलपत्र आह्वान गरेर छुसको छानो हटाउन शुरु गरेको प्रशासकीय अधिकृत भट्टराईले जानकारी दिए । नागरिकको सवैभन्दा सुरक्षित थलो आफ्नो घर भएकाले उनीहरुलाई सहज र सुरक्षित रुपमा बास बस्न सक्ने वातावरण निर्माणको लागि गाउँपालिकाले प्राथमिताका साथ फुसको छानो हटाउने अभियान सञ्चालन गरेको गाउँपालिका अध्यक्ष किरण राईले बताए । केन्द्र सरकारबाट गाउँपालिकामा आउने फुसको छानो हटाउने कार्यक्रम कटाइएकोले गाउँपालिकाले नीति तयार गरेर कार्यक्रम सञ्चालन गरेको उहाँको भनाइ छ । पहिलो चरणमा छ वटै वडाका ५०÷५० घर गरेर तीन सय परिवारलाई जस्तापाताको छानो वितरण हुने अध्यक्ष राईको भनाइ छ । गाउँपालिकाले जारी गरेको सूचनाका आधारमा यहाँ छ सय ९९ घरपरिवारको आवेदन परेको गाउँपालिका उपाध्यक्ष ज्योत्सना राईले बताइन् । आएका आवेदन मध्येबाट पहिलो चरणमा लक्षित परिवारको छानो फेर्नको लागि जस्तापाता दिइएको उनको भनाइ छ । आगामी आर्थिक वर्षभित्र सवै परिवारको फुसको छानो हटाउने लक्ष्य रहेको उपाध्यक्ष राईले बताइन् । गाउँपालिकाले एक रुपतासँगै आगालागी तथा अन्य विपतलाईसमेत ध्यानमा राखेर फुसको छानो हटाउने कार्यक्रम सञ्चालन गरिरहेको उनको भनाइ छ ।

सम्बन्धित समाचार

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

मुकुल ढकाल र निशा डाँगी विवाह बन्धनमा बाँधिँदै

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा. मुकुल ढकाल र सहमहामन्त्री एवं प्रतिनिधिसभा सदस्य निशा डाँगी आगामी मंसिर १० गते विवाह बन्धनमा बाँधिने भएका छन्…

इन्फो डेस्क