इन्फो नेपाल — सञ्चारको सञ्जाल

पौवादुङ्मा स्थित त्रिपुरेश्वर महादेवको विकासका लागि शिव महापुराण सुरू

सुनसरी / भोजपुरको पौवादुङमा गाउँपालिका -१ श्यामशिलामा रहेको प्रसिद्ध धार्मिक स्थल त्रिपुरेश्वर महादेवको प्रचार-प्रसार गर्न शिव महापुराण आयोजना गरिएको छ । पूर्वको प्रसिद्ध त्रिपुरेश्वर महादेव तथा यहाँको झाराली गुफाको संरक्षण सहयोगार्थ ११ दिने महापुराणको आयोजना गरिएको हो । यहि मङ्सिर १५ गतेबाट २५ गतेसम्म सञ्चालन गर्ने महापुराणले धार्मिक तथा साँस्कृतिक एकता कायम गर्न सहयोग पुग्ने उदेश्य पुराण आयोजना गरिएको संरक्षण समितिका अध्यक्ष सीताराम श्रेष्ठले बताए । पूर्वको पशुपति भनेर चिनिएको खोटाङ हलेसीको दोश्रो रुपको पहिचान बनाएको पौवादुङमा १ तिलाहरमा रहेको त्रिपुरेश्वर महादेवको विकासँगै प्रचारप्रसारको लागि महापुराणको आयोजना गरिएको मन्दिर संरक्षण समितिले जनाएको छ । धार्मिक पर्यटन विकास गर्दै यो स्थलको विकास तथा संरक्षणको लागि भागवद शिवमहापुराणले सहयोग पुग्ने मन्दिर संरक्षण समितिको भनाइ छ। विगतबाट चन्दा संकलनसँगै वडा कार्यालय तथा गाउँपालिकाबाट बजेट माग गरेर संरक्षणको काम भइरहेको संरक्षण समितिका अध्यक्ष श्रेष्ठले बताए। यहाँ विभिन्न जातजातिको झाँकी प्रर्दशनसँगै कलाकारबाट भोजन गायन तथा साँस्कृति कार्यक्रमसमेत हुने जनाइएको छ । ४२ वर्षअघि अर्थात २०२८ सालमा उत्पति भएको यो देवस्थल अहिले संरक्षण र प्रचार प्रसारको अभावमा ओझेलमा परेको छ । हसेलीको जस्तै गुफा भित्रका शिव, पार्वती, राम, सीता, हनुमान, गौरी गणेश लगायत देवताको मुर्तीसँगै आश्चर्यजनक झाराली गुफासमेत रहेको छ । स्थानीय युवाहरु योगेश श्रेष्ठ र प्रमेश तामाङले आफ्नो व्यक्तिगत पैसामा शिवको मूर्ती र दश फुटको त्रिशुल स्थापना गरिएको छ । चन्दा संकलनबाट नै मन्दिरसम्म पुग्नको लागि बाटो निर्माण गरिएको संरक्षणको अगुवाई गरि रहनु भएका युवा योगेस श्रेष्ठले जानकारी दिए । यहाँको विकासको लागि पौवादुङमा गाउँपालिका तथा वडाले पनि आवश्यक सहयोग गरिरहेको उनको भनाइ छ ।

सम्बन्धित समाचार

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

घुम्ने ठाउँ प्रशस्त, पर्यटनबाट आम्दानी बढाउने अवसर गुमाउँदै मकवानपुर

प्रकृति, संस्कृति र इतिहासले भरिपूर्ण मकवानपुरका सम्पदालाई पर्यटन व्यवसायसँग जोड्ने अवसर अझै बाँकी छ। हेटौँडा पर्यटन वर्ष २०८३ ले पर्यटकको बसाइ लम्ब्याउने र स्थानीय अर्थतन्त्र चलाय…

घुमन्ते

Latest in English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

हेटौँडाबाट ६ किलोमिटरमै प्रकृतिको काखमा रमाउने गन्तव्य मनकामना

हेटौँडा । सहरको कोलाहल, सवारीसाधनको चाप र धुलोधुवाँबाट केही समय टाढा रहेर प्रकृतिसँग रमाउन चाहनेहरूका लागि मकवानपुरको मनकामना मन्दिर क्षेत्र आकर्षक गन्तव्य बन्दै गएको छ । हेटौँडा ब…

घुमन्ते