इन्फो नेपाल — सञ्चारको सञ्जाल

‘प्रकाण्ड’ले त्यागे ‘विप्लव’ नेतृत्वकाे नेकपा, एमाले प्रवेश गर्दै !

नेत्रविक्रम चन्द 'विप्लव' नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी नेकपाका शीर्ष नेता तथा प्रवक्ता खड्गबहादुर विश्वकर्मा 'प्रकाण्ड' नेकपा (एमाले) प्रवेश गर्ने भएका छन्। प्रकाण्डनिकट स्राेतकाअनुसार हप्तादिनपछि उनले औपचारिक रुपमा एमाले प्रवेश गर्नेछन्। एमाले महासचिव शंकर पाेखरेल र प्रवक्ता प्रकाण्डबीच आन्तरिक संवाद चलिरहेकाे हुँदा पार्टी प्रवेशको मिति भने खुलाइएको छैन। दलबलसहित महासचिव विप्लवको साथ छाड्ने निधो गरेका उनलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले स्वागत गर्ने बताइएको छ। पछिल्लाे समय विप्लव–प्रकाण्डबीच सम्बन्ध बिग्रिएकाे नेकपाका नेता–कार्यकर्ताहरू नै चर्चा गर्छन्। उनले अघिल्लाे महिना विप्लवकाे कार्यशैलीप्रति असहमति जनाउँदै पार्टी त्याग्ने चेतावनी दिएकाे स्राेतकाे दाबी छ। ०६४ को संविधानसभा चुनावमा कालिकोटबाट प्रत्यक्ष निर्वाचित भएका विश्वकर्मा गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकारमा पर्यटन तथा नागरिक उड्डयनमन्त्री समेत भएका थिए। तत्कालीन नेकपा माओवादीका वरिष्ठ नेता मोहन वैद्यले प्रचण्ड नेतृत्वको नेकपा (माओवादी) छाडेपछि उनी पनि वैद्यसँगै बाहिरिएका थिए। एउटै पार्टीमा रहँदा वैद्य र विप्लवबीच विवाद चुलिँदा प्रवक्ता विश्वकर्माले विप्लवलाई साथ दिएका थिए। लगतै, वैद्यबाट अलग भएर भूमिगत रुपमा छुट्टै संगठन विस्तारमा लागेका उनी पार्टीभित्र विप्लवपछिको दोस्रो बरियातामा रहेका छन्। ओली नेतृत्वको अघिल्लो सरकारसँग वार्तामा आएपछि खुल्ला राजनीतिक गतिविधि गर्न थालेपछि उनी एकाएक 'यु–टर्न' भएका हुन्। उनी पछिल्लाे केही हप्तादेखि विप्लवसँग असन्तुष्ट थिए। निकटवर्तीमाझ प्रकाण्डले बेलाबेला भन्ने गरेका थिए– अब संसदीय राजनीति नै गर्ने भए नाङ्ले पसल खाेल्ने होइन, डिपार्टमेन्ट नै चलाउने हो। अन्ततः हालको अवस्थामा सबैभन्दा ठूलो राजनीतिक दल एमाले रोजेर प्रकाण्डले डिपार्टमेन्ट चलाउने हुटहुटीलाई सतहमै उजागर गर्ने भएका हुन्।

सम्बन्धित समाचार

दानबहादुर कार्कीको रिटमा कारण देखाऊ आदेश

काठमाडाैँ । सर्वोच्च अदालतले निवर्तमान प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीलाई पदबाट हटाउने सरकारको निर्णयविरुद्ध दायर रिटमा कारण देखाऊ आदेश जारी गरेको छ। न्यायाधीश श्रीकान…

इन्फो डेस्क

पूर्वशिक्षामन्त्री सुमना श्रेष्ठले काठमाडौँ महानगरको मेयरमा उम्मेदवारी दिने

काठमाडाैँ । पूर्वशिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले आगामी स्थानीय तह निर्वाचनमा काठमाडौँ महानगरपालिकाको मेयर पदमा उम्मेदवारी दिने घोषणा गरेकी छिन्। ​बुधबार सामाजिक…

इन्फो डेस्क

Latest in English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

जनताको समर्थनबाट एमाले पुनः सरकारमा फर्किन्छ : अध्यक्ष ओली

काठमाडाैँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टी पुनः सरकारमा फर्किने दाबी गरेका छन्। बुधबार काठमाडौंमा सुरु भएको पार्टीको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै उनले जन…

इन्फो डेस्क