इन्फो नेपाल — सञ्चारको सञ्जाल

प्रकाश सपुतलाई चारैतिर बाट धम्कि, रिसले चुर हुदै यी नेताहरु

काठमाडौं । जनयुद्धमा सहभागी जनमुक्ति सेनाको दुःखमा आधारित भएर बनाइएको १६ मिनेट लामो गीतलाई माओवादी निकट व्यक्तिहरुले दबाब दिँदै तत्काल हटाउन चेतावनी दिएका छन् । गीत संगीत यति शक्तिशाली भई दिन्छ कि कहिले काही ठुलै हलचल मच्चाई दिने गर्छ । प्रकाश सपुत यसका ज्वलन्त उदाहरण हुन् । यर्थाथ परक बिषय वस्तुलाई लिएर गीत संगीत प्रस्तुत गर्दै आएका चर्चित गायक प्रकाश सपुतले गीतकै कारण ध’म्कि खेप्नु परेको खुलासा भएको छ । गायक प्रकाश सपुतको नयाँ गीत ‘पिर’ सार्वजनिक भए लगत्तै माओबादीलाई पर्नु पिर परेको छ । माओवादी सशस्त्र द्ध’न्द्धपछि टाठाबाठाले सत्तामा पहुँच पुर्याएको तर सोझासाझाले भने सास्ती भोग्नुपरेको कथा भिडिओमा देखाउन खोजिएको छ। यहि बिषयलाई गीतको माध्यमबाट प्रस्तुत गरेपछि माओबादीले भने गीत हटाउन चेतावनी दिएको छ । जनयु’द्धमा सहभागी जनमुक्ति सेनाको दुःखमा आधारित भएर बनाइएको १६ मिनेट लामो गीतलाई माओवादी निकट व्यक्तिहरुले दबाब दिँदै तत्काल हटाउन चेतावनी दिएका छन् । नेकपा माओवादी केन्द्रसम्बद्ध अनेरास्ववियू क्रान्तिकारीकी अध्यक्ष पञ्चा सिंहले सपुतलाई गीत हटाउन चेतावनी दिँदै भनेकी छिन् सर्वाजनिक रुपमा माफी मागेर तत्काल युट्युबबाट गीत नहटाए गैरजिम्मेवार हर्कत सहेर हामी बस्दैनौँ । यसैबीच प्रकाशको गीत २४ घण्टा नबित्दै युट्युब ट्रेन्डिङको एक नम्बरमा आई पुगेको छ । शुक्रबार साँझ सपुतले आफ्नै युट्युब च्यानलमा अपलोड गरेको गीत आईतबार बिहान सम्ममा १० लाख ३६ हजारभन्दा बढीले हेरिसकेका छन् । १६ मिनेट २५ सेकेन्डको भिडियोमा प्रकाश आफै र सुरक्षा पन्त फिचर्ड रहेका छन्। गीतको सबैले समर्थन गरेका छन् ।

सम्बन्धित समाचार

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

मुकुल ढकाल र निशा डाँगी विवाह बन्धनमा बाँधिँदै

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा. मुकुल ढकाल र सहमहामन्त्री एवं प्रतिनिधिसभा सदस्य निशा डाँगी आगामी मंसिर १० गते विवाह बन्धनमा बाँधिने भएका छन्…

इन्फो डेस्क