इन्फो नेपाल — सञ्चारको सञ्जाल

प्रचण्डका ज्वाइँ मन्त्री नियुक्त

काठमाडौं । १ नम्बर प्रदेशमा नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’का ज्वाइँ जीवन आचार्य विना विभागीय मन्त्री नियुक्त भएका छन् । मुख्यमन्त्री हिक्मत कार्कीले आचार्यलाई मन्त्री नियुक्त गरेका हुन् । आचार्यसँगै माओवादीका २ र नेकपा एमालेका १ मन्त्री नियुक्त भएका हुन् । प्रचण्डको दबाबमा ज्वाइँलाई मन्त्री नियुक्त गरिएपछि माओवादीभित्र चर्को असन्तुष्टि देखिएको छ । नवनियुक्त मन्त्रीहरूले शपथ ग्रहण गरेका छन् । माओवादीका जीवन आचार्य र दुर्गाप्रसाद चापागाईं तथा नेकपा एमालेका बुद्धिकुमार राजभण्डारीले शपथ लिएका हुन् । प्रदेश प्रमुख परशुराम खापुङले शपथ गराएका छन् ।

सम्बन्धित समाचार

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

दानबहादुर कार्कीको रिटमा कारण देखाऊ आदेश

काठमाडाैँ । सर्वोच्च अदालतले निवर्तमान प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीलाई पदबाट हटाउने सरकारको निर्णयविरुद्ध दायर रिटमा कारण देखाऊ आदेश जारी गरेको छ। न्यायाधीश श्रीकान…

इन्फो डेस्क