इन्फो नेपाल — सञ्चारको सञ्जाल

प्रचण्डका भाइ नारायण दाहाल राष्ट्रिय सभा अध्यक्ष

काठमाडौं  । प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' का भाइ नारायण दाहाल नयाँ राष्ट्रिय सभा अध्यक्षमा निर्वाचित भएका छन् । मंगलबार बसेको राष्ट्रिय सभा बैठकमा सत्ता गठबन्धनको तर्फबाट पेश गरिएको प्रस्तावलाई बहुमतले पारित गरिएपछि निर्वाचन भएको हो । मतविभाजनको परिणामअनुसार उपस्थित ५६ सांसदमध्ये ३९ जनाले दाहाललाई समर्थन गरेका थिए, भने १७ जनाले विरोध गरेका थिए। दाहाल नेकपा (माओवादी केन्द्र) का स्थायी समिति सदस्य र बागमती प्रदेशका सह-इन्चार्ज हुन्। २०१२ फागुन १२ गते कास्कीको ढिकुरपोखरी लेबाडेमा जन्मिएका दाहालले शिक्षाशास्त्र संकायबाट स्नातक उपाधि हासिल गरेका छन्। उनी २०२७ सालदेखि नै विद्यार्थी राजनीतिमा लागेका हुन्। योसँगै उनको राजनीतिक यात्रा शुरु भएको थियो। हाल ५८ वर्षीय दाहालले २०६३, २०६४-२०६९ र २०७८ चैत्रमा क्रमशः अन्तरिम संसद, संविधानसभा र राष्ट्रिय सभा सदस्यको रुपमा काम गरिसकेका छन्। बागमती प्रदेशको अध्यक्ष पनि रहिसकेका दाहाल हालै सम्पन्न आठौं महाधिवेशनबाट माओवादी केन्द्रको स्थायी समिति सदस्य समेत छन्।

सम्बन्धित समाचार

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

दानबहादुर कार्कीको रिटमा कारण देखाऊ आदेश

काठमाडाैँ । सर्वोच्च अदालतले निवर्तमान प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीलाई पदबाट हटाउने सरकारको निर्णयविरुद्ध दायर रिटमा कारण देखाऊ आदेश जारी गरेको छ। न्यायाधीश श्रीकान…

इन्फो डेस्क