इन्फो नेपाल — सञ्चारको सञ्जाल

प्रचण्डका लागि क्रान्ति र परिवर्तन भनेकै छोरी, बुहारी, भाइभतिजावाद

काठमाडौं - माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड जतिवेला पनि क्रान्ति, परिवर्तन, वर्गसंघर्ष, सर्वहारा मजदुर भनेर भाषण दिइरहन्छन् । उनीहरूको मुक्तिका लागि आफूले काम गरिरहेको भन्छन् । तर व्यवहारमा ठीक उल्टो गरिरहन्छन् । राज्यबाट नियुक्ति दिनुपर्दा र उच्च ओहोदामा आफन्तलाई पहिलो प्राथमिकता दिन्छन् । आफन्त र भाइभतिजालाई राज्यकोषमा हालीमुहाली गर्न नपाएकै झोकमा प्रचण्डले एमाले सरकार ढालेको सबैले बुझ्दै गएका छन् । तत्कालीन प्रधानमन्त्री केपी ओलीले प्रचण्डले भनेका कुनै पनि कुरा मान्न छाडेका थिए । उनी जहिल्यै बालुवाटार पुगेर यो काम गर्नुपर्यो, त्यो काम गर्नुपर्यो भन्दै ओलीलाई सल्लाह दिन्थे । तर ओलीले टेर पुच्छर लगाउँदैनथे । त्यही रिसमा प्रचण्डले माधवकुमार नेपाललाई भड्काएर ओलीलाई कमजोर पारे । त्यसपछि उनी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको शरणमा पुगे । अहिले भकाभक उनले देउवामार्फत आफ्ना मान्छेलाई नियुक्ति दिलाइरहेका छन् । पार्टी संगठन गर्ने उपयुक्त मौका पाएका छन् । प्रचण्डले छोरी रेणु दाहाललाई मेयर बनाए । बुहारी विना मगरलाई सांसद र मन्त्री बनाए । ज्वाइँहरूलाई सरकारी पदमा नियुक्ति गर्न लगाए । अहिले भाइ नारायणप्रसाद दाहाललाई राष्ट्रिय सभाको सांसद बनाएका छन् । माओवादी आन्दोलन गर्ने बेला निमुखा जनता चाहिने अनि राज्यबाट पद र प्रतिष्ठा पाउने बेला प्रचण्डको परिवारले मात्र पाउँदै आएका छन् ।यस अघि भाई महेशराज दाहाललाई प्रचण्डले अस्ट्रेलियाको राजदुत बनाएका थिए । तर पनि माओवादीमा उनको विरोध गर्ने सामथ्र्य कसैले गरेका छैनन् । यसले पनि माओवादी नेता कार्यकर्ता कतिसम्म निरीह रहेछन् भन्ने पुष्टि गर्छ । उनकै कारण माओवादी केन्द्रले अहिलेसम्म पदाधिकारी चयन गर्न नसकेको हो । उनी पहिलेकै जस्तो माओवादीमा सुप्रिमो बनेका छन् ।

सम्बन्धित समाचार

दानबहादुर कार्कीको रिटमा कारण देखाऊ आदेश

काठमाडाैँ । सर्वोच्च अदालतले निवर्तमान प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीलाई पदबाट हटाउने सरकारको निर्णयविरुद्ध दायर रिटमा कारण देखाऊ आदेश जारी गरेको छ। न्यायाधीश श्रीकान…

इन्फो डेस्क

पूर्वशिक्षामन्त्री सुमना श्रेष्ठले काठमाडौँ महानगरको मेयरमा उम्मेदवारी दिने

काठमाडाैँ । पूर्वशिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले आगामी स्थानीय तह निर्वाचनमा काठमाडौँ महानगरपालिकाको मेयर पदमा उम्मेदवारी दिने घोषणा गरेकी छिन्। ​बुधबार सामाजिक…

इन्फो डेस्क

Latest in English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

जनताको समर्थनबाट एमाले पुनः सरकारमा फर्किन्छ : अध्यक्ष ओली

काठमाडाैँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टी पुनः सरकारमा फर्किने दाबी गरेका छन्। बुधबार काठमाडौंमा सुरु भएको पार्टीको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै उनले जन…

इन्फो डेस्क