इन्फो नेपाल — सञ्चारको सञ्जाल

प्रचण्डकी छोरी रेणुलाई जिताउन कांग्रेसले जिम्मा नै लिएको रहस्य बाहिरियो

काठमाडौ १५ वैशाख । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले भरतपुर महानगर पालिकाको मेयरमा रेणु दाहाललाई जिताउन कांग्रेसको को कमिटमेन्ट भएको बताएका छन् । नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’मा नेता पौडेलले यस्तो बताएका हुन् । राजनीतिमा दुई कदम अगाडि जानका लागि एक कदम पछाडि फर्कनुपर्ने बताएका उनले भरतपुरका साथीहरुको मर्म, चोट अनि भावनात्मक आवेगलाई आफुले बुझेको बताएका छन् । ‘भावना र यथार्थ बेग्लाबेग्लै कुरा हुन् । यतिबेला चितवनका साथीहरुले राजनीतिक दूरदर्शिता देखाउनुपर्छ । राजनीतिमा दुई कदम अगाडि जानका लागि एक कदम पछाडि फर्कनुपर्छ । प्रचण्डकी छोरीलाई जिताउने कांग्रेसको कमिटमेन्ट हो । त्यो हामीले पूरा गर्नैपर्छ । यसबाट दायाँबायाँ गर्न मिल्दैन ।’ उनले भनेका छन् । केही ठाउँमा हामीले सहयोग गर्ने हो, धेरै ठाउँमा अरुले हामीलाई सहयोग गर्छन् । अरुको सहयोग सित्तैँमा पाइन्छ भन्ने नसोच्न भन्दै नेता पौडेलले भनेका छन्, ‘गठबन्धन भनेकै कहीँ सहयोग गर्ने हो, कहीँ सहयोग लिने हो ।’ भावनामा बगेर पार्टीलाई दुर्घटना हुन नहुनेमा जोड दिएका उनले गठबन्धन स्वरुप नै नेपाली कांग्रेस सबैभन्दा ठूलो पार्टी बन्ने बताएका छन् ।

सम्बन्धित समाचार

दानबहादुर कार्कीको रिटमा कारण देखाऊ आदेश

काठमाडाैँ । सर्वोच्च अदालतले निवर्तमान प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीलाई पदबाट हटाउने सरकारको निर्णयविरुद्ध दायर रिटमा कारण देखाऊ आदेश जारी गरेको छ। न्यायाधीश श्रीकान…

इन्फो डेस्क

पूर्वशिक्षामन्त्री सुमना श्रेष्ठले काठमाडौँ महानगरको मेयरमा उम्मेदवारी दिने

काठमाडाैँ । पूर्वशिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले आगामी स्थानीय तह निर्वाचनमा काठमाडौँ महानगरपालिकाको मेयर पदमा उम्मेदवारी दिने घोषणा गरेकी छिन्। ​बुधबार सामाजिक…

इन्फो डेस्क

Latest in English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

जनताको समर्थनबाट एमाले पुनः सरकारमा फर्किन्छ : अध्यक्ष ओली

काठमाडाैँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टी पुनः सरकारमा फर्किने दाबी गरेका छन्। बुधबार काठमाडौंमा सुरु भएको पार्टीको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै उनले जन…

इन्फो डेस्क