इन्फो नेपाल — सञ्चारको सञ्जाल

प्रचण्डको चेतावनी- कार्यकारी राष्ट्रपतिको मुद्दा लिएर सडकमा उत्रिन्छौं

थाहानगर | माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले नयाँ आन्दोलनको संकेत दिएका छन्। थाहा नगरपालिकामा आयोजित वाईसीएलको दोस्रो नगर अधिवेशनमा बोल्दै उनले कार्यकारी राष्ट्रपतिको माग सहित आन्दोलन गर्ने घोषणा गरे। थाहा नगरपालिकामा आयोजित योङ कम्युनिस्ट लिग (वाईसीएल) को दोस्रो नगर अधिवेशनमा बोल्दै उनले कांग्रेस र एमालेको गठबन्धनमाथि कडा प्रहार गरे।

एक व्यवसायीको घरमा बसेर सरकार ढाल्ने भएको अंकित गर्दै प्रचण्डले आफ्नो नेतृत्वको पूर्व सरकारले विचौलिया, दलाल र पुँजीपतिको सेटिङ भत्काएपछि आत्तिएका व्यक्तिहरूले एमाले र कांग्रेस नेतृत्वलाई भेटेर सरकार फेर्न दबाब दिएको खुलासा गरे।

"म अघिल्लो सरकारमा राम्रो मात्र गर्छु, नराम्रो गर्दिनँ र गर्न पनि दिन्न भन्ने संकल्पका साथ आएको थिएँ," प्रचण्डले भने। उनले आफ्नो कार्यकालमा भ्रष्टाचारीविरुद्ध कडा कारबाही गरिएको र अन्तर्राष्ट्रिय मञ्चमा नेपालको शिर उच्च बनाइएको दाबी गरे।

माओवादी केन्द्रका अध्यक्षले आगामी दिनमा देशभरका जिल्ला र स्थानीय तहमा आन्दोलनको आँधीबेहरी सिर्जना गर्ने बताए। उनले आफू अझै ५-७ वर्ष स्वस्थ रहे प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको व्यवस्था नभएसम्म विश्राम नलिने प्रतिबद्धता व्यक्त गरे।

कार्यक्रममा माओवादी केन्द्रका उपाध्यक्ष अग्नि सापकोटाले पनि सम्बोधन गर्दै माओवादी आन्दोलनलाई चिलसँग तुलना गरे। उनले भने, "चिलले जसरी आवश्यक परेको बेला ह्वात्तै उडान बढाउन सक्छ, त्यसैगरी माओवादी पनि तयारी अवस्थामा छ। हामीलाई कमजोर नठान्नुहोस्।"

सापकोटाले वर्तमान सरकार भ्रष्टाचारको चंगुलमा फसेको आरोप लगाउँदै देशलाई भ्रष्टाचारमुक्त बनाउन माओवादी नेतृत्व आवश्यक रहेको बताए।​​​​​​​​​​​​​​​​

सम्बन्धित समाचार

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

दानबहादुर कार्कीको रिटमा कारण देखाऊ आदेश

काठमाडाैँ । सर्वोच्च अदालतले निवर्तमान प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीलाई पदबाट हटाउने सरकारको निर्णयविरुद्ध दायर रिटमा कारण देखाऊ आदेश जारी गरेको छ। न्यायाधीश श्रीकान…

इन्फो डेस्क