इन्फो नेपाल — सञ्चारको सञ्जाल

प्रचण्डको राजनीतिक साम्राज्य भत्कने संघारमा: केन्द्रदेखि प्रदेशसम्म सत्ता गुम्दै

काठमाडौं | प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' को राजनीतिक भविष्य अहिले नाजुक मोडमा पुगेको छ। केन्द्रदेखि सातै प्रदेशसम्म उनको पार्टी माओवादी केन्द्रको प्रभाव क्षीण हुँदै गएको छ।

असार २८ गते प्रचण्डले प्रतिनिधि सभामा विश्वासको मत लिने तयारी गरेका छन्, तर उनको पक्षमा बहुमत नपुग्ने लगभग निश्चित छ। नेपाली कांग्रेस र नेकपा एमालेबीच नयाँ गठबन्धन बनिसकेको छ, र यो गठबन्धनलाई राप्रपा, लोसपा र जसपा नेपालको पनि समर्थन हुने देखिन्छ। नयाँ गठबन्धनमा एमाले अध्यक्ष केपी शर्मा ओली पहिलो चरणमा प्रधानमन्त्री बन्ने निर्णय नै गरिएको छ ।

प्रचण्डलाई हाल माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी र एकीकृत समाजवादीको मात्र समर्थन छ, जुन बहुमतका लागि पर्याप्त छैन। केन्द्रमा मात्र होइन, सातै प्रदेशमा प्रचण्डको प्रभाव घट्दै गएको छ। नयाँ राजनीतिक समीकरणले प्रदेश सरकारहरूमा पनि परिवर्तन आईरहेको छ । प्रचण्डको राजनीतिक यात्रा अहिले एक निर्णायक मोडमा आइपुगेको छ। २०७९ पुस ११ गते तेस्रोपटक प्रधानमन्त्री बनेका उनी अब २८ गते सत्ताबाट बाहिरिने छन्। उनले पटक-पटक विभिन्न दलहरूसँग गठबन्धन गरेर सत्ता टिकाउने प्रयास गरे, तर अब त्यो रणनीति असफल हुने देखिएको छ।

राजनीतिक विश्लेषकहरूका अनुसार, प्रचण्डले तत्काल कुनै ठोस कदम नचाले उनी र उनको पार्टी लामो समयसम्म सत्ताबाट बाहिर रहन सक्छन्। केही स्रोतहरूका अनुसार, प्रचण्डले अझै पनि कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बन्न प्रस्ताव गरिरहेका छन्, तर देउवाले यो प्रस्ताव अस्वीकार गरेका छन्।

प्रचण्डले संविधानको धारा ७६(३) अन्तर्गत सरकार गठन गर्ने प्रयास गर्न सक्ने अनुमान गरिएको छ। यदि यस्तो भएमा, कांग्रेस नेतृत्वको सरकार बन्न सक्ने र ओलीलाई प्रधानमन्त्री बन्नबाट रोक्न सकिने उनको आकलन हुन सक्छ। तर, कांग्रेस र एमालेले धारा ७६(२) अन्तर्गत नै सरकार गठन गर्ने सहमति गरिसकेकाले प्रचण्डको यो रणनीति सफल हुने सम्भावना कम देखिन्छ।

नेपालको राजनीतिक परिदृश्य अब नयाँ मोडमा प्रवेश गर्दैछ। प्रचण्डको राजनीतिक भविष्य अनिश्चित देखिएको छ। उनको पार्टी माओवादी केन्द्र केन्द्रदेखि प्रदेशसम्म सत्ताबाट बाहिरिने खतरामा छ। आगामी दिनहरूमा नेपालको राजनीतिमा ठूलो उथलपुथल आउन सक्ने देखिन्छ। यी परिवर्तनहरूले देशको राजनीतिक र आर्थिक भविष्यमा कस्तो प्रभाव पार्छ, त्यो हेर्न बाँकी छ।

सम्बन्धित समाचार

दानबहादुर कार्कीको रिटमा कारण देखाऊ आदेश

काठमाडाैँ । सर्वोच्च अदालतले निवर्तमान प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीलाई पदबाट हटाउने सरकारको निर्णयविरुद्ध दायर रिटमा कारण देखाऊ आदेश जारी गरेको छ। न्यायाधीश श्रीकान…

इन्फो डेस्क

पूर्वशिक्षामन्त्री सुमना श्रेष्ठले काठमाडौँ महानगरको मेयरमा उम्मेदवारी दिने

काठमाडाैँ । पूर्वशिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले आगामी स्थानीय तह निर्वाचनमा काठमाडौँ महानगरपालिकाको मेयर पदमा उम्मेदवारी दिने घोषणा गरेकी छिन्। ​बुधबार सामाजिक…

इन्फो डेस्क

Latest in English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

जनताको समर्थनबाट एमाले पुनः सरकारमा फर्किन्छ : अध्यक्ष ओली

काठमाडाैँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टी पुनः सरकारमा फर्किने दाबी गरेका छन्। बुधबार काठमाडौंमा सुरु भएको पार्टीको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै उनले जन…

इन्फो डेस्क