इन्फो नेपाल — सञ्चारको सञ्जाल

प्रचण्डलाई ओलीको क्रिसमस 'गिफ्ट'

काठमाडौं । आज विश्वभर क्रिसमस मनाइँदै छ । आफ्नै सरकार ढलाएर दुई ध्रुवमा पुगेका केपी शर्मा ओली र पुष्पकमल दाहाल फेरि एउटै टेकोमा अडिएका छन् । आजैका दिन प्रचण्डलाई प्रधानमन्त्रीको पद उपहार मिलेको छ । त्यो पनि पछिल्लो २ वर्षदेखि एक अर्कोको कट्टर आलोचक रहेका केपी शर्मा ओली र पुष्पकमल दाहालबीच सरकार निर्माणको लागि सहमति जुटेपछि प्रचण्डलाई यो उपहार मिलेको हो । सरकार निर्माणमा दाबी गर्न नेकपा एमाले, नेकपा माओवादी केन्द्रसहितका दलका नेताहरू राष्ट्रपति कार्यालय शीतल निवास पुगिसकेका छन् । राष्ट्रपति कार्यालयले माओवादी केन्द्रका अध्यक्ष एवं संसदीय दलका नेता पुष्पकमल दाहाल प्रचण्डलाई प्रधानमन्त्री बनाउनुपर्ने प्रस्तावसहित प्रतिनिधिसभाका बहुमत सदस्यहरूको पत्र दर्ता भएको जनाएको छ । राष्ट्रपति कार्यालयका माओवादी केन्द्रसहित एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, नागरिक उन्मुक्ति पार्टी, जनमत पार्टीका सांसदहरूको हस्ताक्षरसहितको पत्र आइपुगेको हो ।

सम्बन्धित समाचार

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

दानबहादुर कार्कीको रिटमा कारण देखाऊ आदेश

काठमाडाैँ । सर्वोच्च अदालतले निवर्तमान प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीलाई पदबाट हटाउने सरकारको निर्णयविरुद्ध दायर रिटमा कारण देखाऊ आदेश जारी गरेको छ। न्यायाधीश श्रीकान…

इन्फो डेस्क