इन्फो नेपाल — सञ्चारको सञ्जाल

प्रचण्डलाई जहाँबाट लडे‍ पनि भोट नहाल्ने पीडित कांग्रेसीको अभियान

काठमाडौं । नेपाली कांग्रेसका पीडित गोरखालीहरुले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भोट नहाल्ने निर्णय गरेका छन् । गोरखाका पीडित कांग्रेसीहरुले राणाशासन ढालेको पार्टीले अहिले कांग्रेसले कांग्रेसलाई भोट हाल्ने अवस्था नदिइएको भन्दै गठबन्धनका नाममा माओवादी अध्यक्ष प्रचण्डलाई भोट नहाल्ने निर्णय गरेका हुन् । प्रचण्डले कहिले चितवनबाट त कहिले गोरखाबाटै चुनाव लड्ने भनिरहेका छन् । उनलाई दुवै क्षेत्रमा कांग्रेसको समर्थन चाहिन्छ । तर पीडित कांग्रेसीहरुले भने अब गोरखामा पनि भोट नदिने र चितवनमा पनि भोट नदिने भनेका छन् । चितवनमा त गोरखाबाट आएका कसैले पनि प्रचण्डलाई भोट नहाल्ने अभियान चलेको छ । ‘नो भोट टु प्रचण्ड फ्रम गोर्खाज् इन चितवन’ भन्ने अभियान नै चलाएर प्रचण्डलाई यसपालि भोट नहाल्ने योजना बनाइएको अभियानका सदस्य राजेन्द्र ढकालले जानकारी दिए । उनले कांग्रेस भएको त कि त प्रचण्डलाई र कि त प्रचण्डको परिवारलाई भोट हाल्न मात्र भएको जस्तो देखिएको भन्दै अबदेखि कांग्रेसले कांग्रेसलाई मात्र भोट हाल्ने गरी अभियान चलाइएको बताए । उनले भने, ‘गोरखामा माओवादीको आक्रमणबाट कांग्रेसी मतदाता आक्रान्छ छन् । प्रचण्ड गोरखा जाने भन्ने भइरहेको छ । चितवनबाटै उठ्ने भन्ने पनि भइरहेको छ । अब जहाँबाट उठे पनि गोरखाली कांग्रेसीले उनलाई भोट हाल्दैन ।’ ढकालले चितवन ३ मा धेरैजसो मतदाता गोरखाबाटै आएको दाबी गरे । उनले भने, ‘चितवनमा त हामी हजारौं छौं । गोरखाबाट आएकाहरु ३ नम्बरमा झ्न राम्रै उपस्थिति रहेको छ । कांग्रेसको काम प्रचण्ड र प्रचण्डका परिवारलाई मात्र जितउाने भन्ने मात्रै भयो । अब कांग्रेसले कांग्रेसलाईमात्र भोट हाल्ने हो ।’ केन्द्रबाट निर्णय भएपछि प्रचण्डको विरोधमा उत्रदा पार्टीले कारबाही गर्ने हो कि भन्ने प्रश्नमा उनले भने, ‘राणाशासनविरुद्ध लडेर प्रजातन्त्र ल्याइयो, पञ्चसँग लडेर बहुदल ल्याइयो, राजासँग लडेर गणतन्त्र ल्याइयो । अब यस्तो पार्टीले कारबाही गर्ला भनेर पनि डराएर पछि हट्ने हो र ? गलतलाई गलत छ भन्ने हैसियत राखेर कारबाही भोग्न तयार भएर अगाडि बढेका हौं ।’ चितवनमा त हस्तक्षेप गरे नै प्रचण्डले गोरखामा पनि आक्रमण गरेपछि कांग्रेसीहरु थप आक्रोशित भएका छन् । प्रचण्डले हुँदा हुँदा पूर्व माओवादी नेता डा. बाबुराम भट्टराईका लागिसमेत गोरखा जिल्ला सुनिश्चित गरिदिएपछि गोरखाका कांग्रेसहरु थप आक्रोशित भएका हुन् । अर्थात् संघर्ष गरेको पार्टीले गोरखामा उभिने अवस्था नभएपछि कांग्रेसी नेता कार्यकर्ताले विद्रोहका चेतावनी दिएका छन् । गोरखा र चितवनका कांग्रेसीहरुले माओवादीका चार नीति परस्पर विरोधी भएकाले पनि कांग्रेसले अब साथ दिन नसक्ने स्पष्ट पारेका छन् । ती नीतिहरुमा–
  • आफूले जितेको नछोड्ने ।
  • जनयुद्ध र भेगको दबदवा पनि कÞायम राख्ने ।
  • स्थानीय निर्वाचनको परिणामको आधार ।
  • बावुरामको पार्टीलाई गठबन्धनको हिस्सा दिँदै माओवादी मूलधार हुँदै शक्ति आर्जन गर्ने ।
यी रणनीति कुन प्रदेश वा जिल्लामा लागू हुन सक्छ त्यही गर्ने योजनामा माओवादी रहेको बुझेका चितवन र गोरखाका कांग्रेसीहरुले यसपालि त्यसो हुन नदिने दाबी गरेका हुन् । माओवादीले गोरखा जिल्लामा सके आफÞ्नै पार्टी अन्तर्गत दुवै क्षेत्र हत्याउने नभए बावुरामको औजÞार प्रयोग गर्ने रणनिति लिएको बुझेका स्थानीय कांग्रेसीहरुले अब प्रचण्डलाई बारम्बार जिताएर पठाउनुको कुनै अर्थ नभएकोसमेत बताएका छन् । त्यसकारण यसपालि प्रतिकार गर्ने योजना बुनिरहेको पनि उनीहरुले बताएका छन् ।

सम्बन्धित समाचार

दानबहादुर कार्कीको रिटमा कारण देखाऊ आदेश

काठमाडाैँ । सर्वोच्च अदालतले निवर्तमान प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीलाई पदबाट हटाउने सरकारको निर्णयविरुद्ध दायर रिटमा कारण देखाऊ आदेश जारी गरेको छ। न्यायाधीश श्रीकान…

इन्फो डेस्क

पूर्वशिक्षामन्त्री सुमना श्रेष्ठले काठमाडौँ महानगरको मेयरमा उम्मेदवारी दिने

काठमाडाैँ । पूर्वशिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले आगामी स्थानीय तह निर्वाचनमा काठमाडौँ महानगरपालिकाको मेयर पदमा उम्मेदवारी दिने घोषणा गरेकी छिन्। ​बुधबार सामाजिक…

इन्फो डेस्क

Latest in English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

जनताको समर्थनबाट एमाले पुनः सरकारमा फर्किन्छ : अध्यक्ष ओली

काठमाडाैँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टी पुनः सरकारमा फर्किने दाबी गरेका छन्। बुधबार काठमाडौंमा सुरु भएको पार्टीको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै उनले जन…

इन्फो डेस्क