इन्फो नेपाल — सञ्चारको सञ्जाल

प्रचण्डले भने म आगो हुँ, आगोसँग खेल्न खोज्दा ६ प्रदेशकै मुख्यमन्त्री चैट भयो

काठमाडौ- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको वर्तमान हालत आगोसँग खेल्न खोज्दा भएको बताएका छन् । अघिल्लो वर्ष पुस ५ मा प्रतिक्रान्ति सुरु भएको बताउँदै उनले निर्ममतापूर्वक प्रतिगामी षड्यन्त्र चालिएको उल्लेख गरेका छन् । उनले थपे, पार्टीभित्र अन्तरसंघर्ष चर्किएकाले संसद् विघटन गरियो र हामी एकजुट भएर प्रतिक्रान्तिको हुरी रोक्न सकिन्छ नेकपा मसाल सम्पर्क केन्द्रसँग एकता गर्दै उनले आफूलाई आगोको संज्ञा दिँदै खेल्ने दुस्साहस नगर्न समेत चुनौती दिएका छन्। उनले भने, आगोसँग खेल्ने दुस्साहस नगर्नुहोस् । आगोसँग खेल्दा के भयो भने कोही बालुवाटरबाट बालकोट पुगेर ६ प्रदेशकै मुख्यमन्त्री चैट भयो ।एकता घोषणा कार्यक्रम ओलीका सय चोटमा लुहारको एकचोट भएको बताएका छन् । ओलीप्रति लक्ष्य गर्दै उनले भने, केही मान्छेको सिला खोज्दै हिँड्ने गरेका छन् । एकताबाट कम्युनिस्ट आन्दोलनलाई एकताबद्ध गर्ने प्रक्रिया थालिएको बताए। उनले भने, कम्युनिस्ट आन्दोलनलाई बिसर्जन गर्न चाहनेलाई चुनौती दिन चाहन्छौं । यो सन्देश देश र विश्वभरि प्रवाहित भएको छ । धनकुटा खबरबाट साभार भएको छ ।

सम्बन्धित समाचार

दानबहादुर कार्कीको रिटमा कारण देखाऊ आदेश

काठमाडाैँ । सर्वोच्च अदालतले निवर्तमान प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीलाई पदबाट हटाउने सरकारको निर्णयविरुद्ध दायर रिटमा कारण देखाऊ आदेश जारी गरेको छ। न्यायाधीश श्रीकान…

इन्फो डेस्क

पूर्वशिक्षामन्त्री सुमना श्रेष्ठले काठमाडौँ महानगरको मेयरमा उम्मेदवारी दिने

काठमाडाैँ । पूर्वशिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले आगामी स्थानीय तह निर्वाचनमा काठमाडौँ महानगरपालिकाको मेयर पदमा उम्मेदवारी दिने घोषणा गरेकी छिन्। ​बुधबार सामाजिक…

इन्फो डेस्क

Latest in English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

जनताको समर्थनबाट एमाले पुनः सरकारमा फर्किन्छ : अध्यक्ष ओली

काठमाडाैँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टी पुनः सरकारमा फर्किने दाबी गरेका छन्। बुधबार काठमाडौंमा सुरु भएको पार्टीको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै उनले जन…

इन्फो डेस्क